back
NMB ad

किन दिए ट्रम्पका सबैभन्दा नजिकका सहयोगीले राजीनामा

Kumari bank ad

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका एकजना सहयोगीले आफ्नो पदवाट राजिनामा दिने बुधबार घोषणा गरेका छन् ।

पूर्व मोडल समेत रहेकी राष्ट्रपति ट्रम्पका सञ्चार निर्देशक होप हिक्सद्वारा राजीनामा दिने घोषणा गरिएको बताइएको छ ।

हिक्सले ट्रम्पसँग अमेरिकी राष्ट्रपति हुनुभन्दा पहिलेदेखि नै कामगर्दै आएकी थिइन् । उनी राष्ट्रपति ट्रम्पका लामो समय काम गर्ने सहयोगीमध्येका एकजना हुन् ।

गत सेप्टेम्बर महिनाबाट २९ बर्षीया हिक्स ह्वाइट हाउसमा सञ्चार निर्देशक पदमा नियुक्त भएकी थिइन् ।

राष्ट्रपति ट्रम्पले हिक्स साँच्चिकै असल व्यक्ति भएको टिप्पणीगर्दै उनको अभाव खट्किने बताएका छन् ।
हिक्सले आफूले राजिनामा दिने भनेर प्रकाशन गरेको एक विज्ञप्तिमा राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिने कुनै शब्द नभएको बताएकी छन् ।

हिक्सले राजिनामा दिने घोषणा गरेका भए पनि कहिलेबाट लागू हुनेहो भन्ने बारेमा भने प्रष्ट नभएको ह्वाइट हाउसका प्रवक्ताले बताए ।

उनले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको भन्ने आरोपमा आफूले झुटो नबोलेको बताएको अमेरिकी सञ्चार माध्यमहरुले बताएका छन् ।

सन् २०१६ मा अमेरिकाको राष्ट्रपतीय निर्वाचनमाका समयमा हिक्सले ट्रम्पको प्रेस सचिवका रुपमा काम गरेको बताइएको छ ।

सन् २०१७ को जनवरीमा ट्रम्प राष्ट्रपति भएपछि उनले नियुक्त गरेका सहयोगी तथा सल्लाहकारमध्ये पदबाट राजीनामा दिने उनी तेस्रो व्यक्ति हुन् ।

२०७४ फागुन १७ गते प्रकाशित

वि.सं.२०७४ फागुन १७ बिहीवार २२:०१ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...