back
NMB ad

साताको समिक्षा : चार दिन खुल्दा करिब दुई अर्बको शेयर कारोबार

Kumari bank ad

काठमाडौँ । धितोपत्र बजारमा यससाता रु एक अर्ब ९६ करोड ३८ लाख ७१ हजार बराबरका ४५ लाख २६ हजार ५५० कित्ता सेयर खरिद बिक्री भएका छन् ।

नेपाल स्टक एक्सचेन्जकाअनुसार कारोबार रकम गत साताको भन्दा १५ दशमलव शुन्य चार प्रतिशत बढी हो । गत साता १७६ कम्पनीको कारोबार भएको थियो । गत साता रु एक अर्ब ७० करोड ७० लाख ६८ हजार बराबरका ४२ लाख ४८ हजार ७३० कित्ता शेयर खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २८ दशमलव ७४ अंकले घटेर अन्तिम दिन एक हजार ३४५ दशमलव ९९ अंकमा पुगेको छ । स्टककाअनुसार ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा पाँच दशमलव २० अंकले घटेर २८५ दशमलव ३८ अंकमा आइपुगेको छ ।

यस साता कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा छ । सो कम्पनीको रु २२ करोड ६२ लाख २० हजार बराबरको शेयर खरिद बिक्री भएका थिए । त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा प्रभु बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको आठ लाख १२ हजार कित्ताको शेयर कारोबार भएको हो ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

स्टककाअनुसार यससाता उन्नती माइक्रोफाइनान्स वित्तीय संस्थाको ५५ लाख कित्ता साधारण शेयर सूचीकृत भएको छ । रासस

२०७४ फागुन १९ गते प्रकाशित

वि.सं.२०७४ फागुन १९ शनिवार १८:४७ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...