back
NMB ad

दुई देश हैन यहाँ दुईप्रदेशको सिमानाका यसरी खोलियो अनि जोडियो प्रदेश नं ४ र ५

Kumari bank ad

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) बर्दघाटदेखि नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) दुम्किवास जोड्ने मार्ग खोलिएको छ ।

प्रदेश नं ५ बर्दघाटदेखि प्रदेश नं ४ दुम्किवास जोड्ने भित्री पहाडी सडकको मार्ग खोलिएपछि पहाडी क्षेत्रमा आफूहरुलाई सहजता हुनेमा स्थानीयवासी आशावादी बनेका छन् । बर्दघाट नगरपालिका वडा नं १० अपरदीप टोल भुताहादेखि आमबास, संसारकोट हुक्सेदमार पटकके हुँदै विजयी त्रिवेणी गाउँपालिका दुम्किवास जोड्ने १४ किमी मार्ग नगरपालिकाको रु १५ लाख लगानीमा सम्पन्न भएको बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्यालले जानकारी दिए ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने र दुम्किवास सडकखण्डको वैकल्पिक सडकका रुपमा ट्र्याकलाई स्तरोन्नति गरी विकास गर्न सकिने अवस्था छ । बर्दघाट १० अपरदीप टोल भुताहादेखि आमबास हुँदै संसारकोट हुक्सेदमार पटकके हुँदै विजयी त्रिवेणी गाउँपालिका दुम्किवाससम्म मार्ग खोलिएर सवारी साधन वारपार गर्न सकिने बनाइएको छ ।

विशेष गरी पहाडी क्षेत्रमा पर्ने सो सडकको स्तरोन्नति भएमा प्रदेश नं ४ र ५ जोड्ने नवलपरासीमा सबैभन्दा छोटो र भरपर्दो वैकल्पिक भित्री सडकका रुपमा विकास हुने सम्भावना देखिएको हो । सो सडकको स्तरोन्नति भएपछि प्रदेश नं ४ र प्रदेश नं ५ दुवै प्रदेशका पहाडी क्षेत्रमा उत्पादित कृषिजन्य वस्तुले पर्याप्त बजार पाउने छ ।

२०७४ फागुन २० गते प्रकाशित

वि.सं.२०७४ फागुन २० आइतवार १२:१६ मा प्रकाशित

You can share this post!

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो    

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो    

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:५३

खोटाङ, १९ वैशाख : तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:४३

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज...