back
NMB ad

अंकमा हेर्नुहोस आर्थिक वृद्धिदर ६ प्रतिशत रहने अर्थमन्त्रालयको आँकडा

Kumari bank ad

काठमाडौँ । चालु आवमा ६ प्रतिशतको आर्थिक वृद्धिदर हुने अर्थ मन्त्रालयले जनाएको छ ।

बजेटको अर्धवार्षिक समीक्षाअनुसार बाढीका कारण वर्षे बालीमा परेको नकारात्मक असरका कारण लक्ष्यभन्दा केही कम आर्थिक वृद्धि हुने देखिएको हो । सरकारले चालु आवको बजेटमा ७।२ प्रतिशतको आर्थिक वृद्धि हुने लक्ष्य लिएको थियो ।

त्यसैगरी समीक्षा अवधिमा ३.५ प्रतिशत मुद्रास्फ्रीति कायम रहेको र चालु आवको अन्त्यसम्ममा ६ प्रतिशत रहने अनुमान गरिएको छ । मुद्रास्फ्रीति ७ प्रतिशतमा राख्ने लक्ष्य लिइएको थियो ।

यस अवधिमा वैदेशिक रोजगारको संख्या १.८ प्रतिशतले घटेको र विप्रेषण आप्रवाहमा पनि ०।५ प्रतिशतले ह्रास आएको आज अर्थ मन्त्रालयले सार्वजनिक गरेको अर्थवार्षिक समीक्षा प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी कूल वस्तु निर्यात १३.४ प्रतिशतले वृद्धिभएको, वस्तु आयातमा १५ प्रतिशतले बढेको र कूल व्यापार घाटा १५.१ प्रतिशतले वृद्धि भई चार खर्ब ९३ अर्ब २ करोड पुगेको छ ।

शोधनान्तर स्थिति रु ६ अर्ब ६६ करोडले घाटामा र चालु खाता रु ७ अर्ब ७१ करोडको घाटा रहेको छ । विदेशी विनिमय सञ्चितिमा १.१ प्रतिशतले कमी आई रु १० खर्ब ६७ अर्व ३४ करोड रहेको प्रतिवेदनमा उल्लेख छ ।

कूल सरकारी खर्च ४५.५ प्रतिशतले बढेको तर राजस्व असूली २०.७३ प्रतिशतले बढ्न गई नगद प्रवाहमा आधारित बजेट घाटा रु ३५ अर्ब ४७ करोड रहेको छ ।

यसअवधिमा कूल रु १२ खर्ब ७८ अर्ब ९९ करोडको ३१.२३ प्रतिशत मात्र खर्च भएको छ । चालुतर्फ ४१.२० प्रतिशत, पूँजीगततर्फ १४.३५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १४.४१ प्रतिशत खर्च भएको छ ।

प्रतिवेदनका अनुसार कूल खर्चमा सरकारको स्रोतमा गतवर्ष भन्दा ५३.३९ प्रतिशतले वृद्धि भएको, वैदेशिक ऋण १८.३३ प्रतिशत परिचालन र वैदेशिक अनुदान ५२.०५ प्रतिशतले घटेको छ ।
त्यसैगरी स्थानीय तहको तेस्रो चरण, प्रदेशसभा र संघीय संसद्को निर्वाचनमा रु १८ अर्ब ३१ करोड खर्च भएको अनुमान गरिएको प्रतिवेदनमा उल्लेख छ ।

२०७४ फागुन २३ गते प्रकाशित

वि.सं.२०७४ फागुन २३ बुधवार २१:१६ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...