back
NMB ad

प्रोत्साहन भत्ता : राज्यको ढुकुटी सक्काउने खेल, शून्य उपलब्धीमा करोडौको आर्थिक भार

Kumari bank ad

काठमाडौ । काम नगर्ने तर प्रोत्साहन भत्ता खाने प्रचलन निजामती कर्मचारीमा बढ्न थालेको छ । कार्यालयबाट नियमित सम्पादित हुनेभन्दा बढी काम गराउन सरकारले दिदै आएको प्रोत्साहन भत्ता अहिले करिब १० हजार कर्मचारीले लिईरहेका छन् ।

यसरी प्रोत्साहन भत्ता लिनेमा सबै भन्दा अगाडी छ निर्वाचन आयोग । आयोगका कर्मचारी तथा पदाधिकारी सबैले १ सय २१ प्रतिशत भत्ता खाईरहेका छन् । यही प्रतिशतमा आयोगका कर्मचारी चैत सम्म भत्ता बुझ्नेछन् ।

कर्मचारी थुपार्ने मात्रै नभई काममा उत्तरदायी बनाउने उद्देश्यले सरकारले थोरै कर्मचारीबाट धेरै काम लिने र काम गरेबापत कर्मचारीलाई प्रोत्साहित गर्न चालू आर्थिक वर्षमा मात्र प्रोत्साहन भत्ताको नाममा करिब २० करोड खर्च गर्दै छ ।

यसरी छुट्याएको भत्ता २० वटा कार्यालयलाई मन्त्रिपरिषद्को निर्णय बाट नै ५० देखि सय प्रतिशतसम्म प्रोत्साहनका नाममा लिन व्यवस्था गरिएको छ । तलब बराबर भत्ता खाने कार्यालयको उपलब्धि भने सन्तोषजनक नभएको तथ्यांकले देखाएको छ ।

यसरी प्रोत्साहन भत्ता खानेमा मुख्य सचिव लोक दर्शन रेग्मी सहित राष्ट्रपति, उपराष्ट्रपति कार्यालयका सबै कर्मचारीले बढीमा ५० प्रतिशतसम्म भत्ता लिईरहेका छन् । यसरी भत्ता दिने निर्णय सरकारले नै गरेको हो ।

निर्वाचन आयोग पछी अख्तियारका कर्मचारी तथा पदाधिकारीले शतप्रतिशत प्रोत्साहन भत्ता खाइरहेका छन् । काममा सधै ढिलासुस्ती गरेको आरोप खेप्ने कर्मचारीले समेत प्रोत्साहन भत्ता खाई रहँदा सरकारको नीति नै मुख्य कारक बन्न पुगेको छ ।

व्यवस्थापिका–संसद्का कर्मचारीले माघ ७ भन्दा अगाडी ८० प्रतिशत भत्ता खाइरहेका थिए । कर्मचारीले अतिरिक्त काम गरेबापत प्रोत्साहन भत्ता दिईनुपर्नेमा व्यवस्थापिका–संसद्का कर्मचारीले संसद् नहुँदासमेत पछिल्लो ४ महिना ८० प्रतिशत प्रोत्साहन भत्तामा राज गरे ।

२०७४ फागुन २५ गते प्रकाशित ।

वि.सं.२०७४ फागुन २५ शुक्रवार १०:१२ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...