back
NMB ad

एनआइसी एशियालाई बैंकर संघको नाकाबन्दी शैलीमा भयानक कार्वाही, यस्तो छ कारण

Kumari bank ad

काठमाडौं । बैंकिङ प्रणालिनै ध्वस्त पारेर एक्लो साम्राज्य खडा गर्न खोजेको भन्दै नेपाल बैंकर्स संघले एनआइसी एशिया बैंकमाथि नाकाबन्दी शैलीमा कार्वाही अगाडी बढेको छ ।

संघको निर्णय बाहिर गएर ब्याजदर बढाउनेदेखि सिइओलाई बाध्यपारेर राजिनामा गराउने समेत हर्कत गरेको विषयलाई लिएर संघले एनआईसी एशिया बैंकसँगको सम्बन्ध र सहकार्यलाई तत्काल स्थगित गर्ने निर्णय गरेको छ । व्यवस्थापनसंगको विवाद बढ्दै गएपछि व्याजदरको विषयलाई लिएर एनआईसी एशियाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले राजीनामा गरेका थिए ।

सिइओको राजिनामा लगत्तै बैंकले नयाँ व्याजदर सार्वजनिक गरेपछि आकस्मिक संघले बैठक बोलाएर यस्तो निर्णय गरेको हो । एनआइसी एसियाले संघको ब्याजदर नबढाउने प्रतिबद्धता उल्लंघन गर्दै सम्झौता विपरित संघको काम कार्वाहीलाई प्रभावित बनाउन खाजेको संघको ठहर छ ।

पछिल्लो पटक एनआईसी एशियाले साधारण बचतको व्याजदर १० प्रतिशत पुर्याएको थियो । सो लगत्तै संघले बैठक बोलाएर साधारण बचतको व्याजदर ८ प्रतिशत माथि नलैजाने निर्णय गरेको थियो । सोही अनुसार एनआईसी एशियाले व्याजदर ८ प्रतिशतमा नै घटाएको थियो ।

संघको मुद्धती निक्षेपमा ११ प्रतिशत भन्दा माथि नजाने निर्णयलाई उल्लंघन गर्दै एनआईसीले १२ प्रतिशतको व्याजदर प्रस्ताव गरेको छ । सोही व्याजदरको विषयमा विवाद उत्पन्न हुँदा सिइओ रिसालले राजिनामा गरेका थिए । सिइओको बहिर्गमन पश्चात पनि बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको थियो ।

बैंकको यो निर्णयलाई संघले एक्लो साम्राज्य खडा गर्ने यात्रामा एनआइसी एशिया अग्रसर भएको भन्दै तत्कालका लागि सो बैंकसँग कुनै पनि किसिमका सम्बन्ध नराख्ने निर्णय गरेको हो । संघले एनआईसी एशियासँग कुनै पनि किसिमको अन्तरबैंक कारोबार नगर्ने निर्णय गरेको छ । यो निर्णयसंगै एनआईसी एशियासँग अरु बैंकले विदेशी मुद्राको कारोबार पनि नगर्ने भएको छ । यसले एनआसीको बैंकिङ प्रणालिमा ठुलो धक्का लाग्ने निश्चित छ ।

२७ वाणिज्य बैंकले एनआईसी एशियासँग अन्तर बैंक कारोबार नगर्ने निर्णय गरेको बैंकर संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुगांनाले जानकारी दिए । एनआइसी एसियाको पछिल्लो कदम वाणिज्य बैंकहरुको प्रणालीमा नै समस्या ल्याउने शैलीमा अघि बढेको उनको आरोप छ । एनआईसी एशियासँग अन्तर बैंक कारोबार स्थगन गर्ने सम्बन्धमा राष्ट्र बैंकलाई जानकारी गराएर प्रकृया अघि बढाउने ढुंगानाले जानकारी दिए ।

२०७४ फागुन २५ गते प्रकाशित 

वि.सं.२०७४ फागुन २५ शुक्रवार १५:०० मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...