back

एउटै विद्यालयमा दुई प्रधानाध्यापक

Kumari bank ad

पर्वत । सुन्दा अचम्म लाग्छ तर यो वास्तविक हो पर्वतको एक विद्यालयमा दुई जना प्रधानाध्यापक काममा छन् । शिक्षा नियमावलीअनुसार एउटा विद्यालयमा एक जना मात्र प्रधानाध्यापक रहनुपर्ने व्यवस्था भए पनि कुश्मा नगरपालिका–११ मा रहेको वीरेन्द्र माविमा सरकारी निकाय र विद्यालय व्यवस्थापन समितिले बनाएका दुई जना छुट्टा–छुट्टै प्रधानाध्यापक रहँदै आएका छन् ।

एक वर्षअघि विद्यालयका प्रधानाध्यापक देवराज पौडेल कालिका मावि खुरकोटमा सरुवा भएर जाँदा ज्येष्ठताका आधारमा गणेशराज पौडेललाई निमित्त प्रअ दिएर गएका थिए । तर विद्यालय व्यवस्थापन समितिले भने पौडेललाई प्रअ बनाई काम गराउन नसकिने र हीराबहादुर क्षेत्रीलाई बनाउनुपर्ने अडान लिएपछि विवाद चुलिँदै गएको हो ।

पौडेल माध्यमिक तह तृतीय श्रेणीका स्थायी शिक्षक हुन भने क्षेत्री निम्न माध्यमिक तह द्वितीय श्रेणीका शिक्षक हुन् । पौडेलले यसअगाडि नै ०६८ सालबाट तीन वर्ष प्रअ भई काम गर्दागर्दै पदबाट राजीनामा गरेका थिए । उनीमाथि आर्थिक हिसाब–किताब पारदर्शी रुपमा राख्न नसकेको आरोप छ । पौडेलले आफूपछि प्रअ बनेकी सावित्रा सुवेदीलाई बरबुझारथ गरेनन् ।

क्षेत्रीय शिक्षा निर्देशनालय पोखरा, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पुनरावेदन अदालत बागलुङ र जिल्ला शिक्षा कार्यालय पर्वतले शिक्षा नियमावलीअनुसार गणेशराज पौडेललाई प्रधानाध्यापक बनाउन भनी विद्यालयमा पत्राचार गरेको भए पनि व्यवस्थापन समितिले भने हीराबहादुर क्षेत्रीलाई प्रधानाध्यापकको जिम्मेवारी दिएको छ । क्षेत्रीको पक्षमा समितिमा बहुमत छ । विद्यालयमा दुवै प्रअले कार्य सम्पादन गर्दै आएका छन् ।

२०७४ फागुन २८ गते प्रकाशित

वि.सं.२०७४ फागुन २८ सोमवार १०:२९ मा प्रकाशित

You can share this post!

यसरी फेरियो पुम्दीकोटको परिचय   

यसरी फेरियो पुम्दीकोटको परिचय   

वि.सं.२०८० मंसिर २५ सोमवार १०:४७

अन्नपूर्ण (कास्की), २५ मङ्सिर : पोखरा घुम्न आएका पर्यटक पोखरा...

सस्तियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

सस्तियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८० मंसिर २५ सोमवार १०:४२

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज मंसिर २५ गते...

लाभांश प्रस्तावसहित भगवती हाइड्रोपावरले बोलायो साधारण सभा

लाभांश प्रस्तावसहित भगवती हाइड्रोपावरले बोलायो साधारण सभा

वि.सं.२०८० मंसिर २५ सोमवार १०:३१

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेडले लाभांश घोषणा गरेको...

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८० मंसिर २५ सोमवार १०:२१

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको...

ग्लोबल आइएमई लघुवित्तले घोषणा गर्यो लाभांश

ग्लोबल आइएमई लघुवित्तले घोषणा गर्यो लाभांश

वि.सं.२०८० मंसिर २५ सोमवार १०:१५

काठमाडौं। ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ...

आत्मनिर्भर लघुवित्तद्वारा लाभांश घोषणा

आत्मनिर्भर लघुवित्तद्वारा लाभांश घोषणा

वि.सं.२०८० मंसिर २५ सोमवार १०:१०

काठमाडौं।आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको...