back
NMB ad

करिव तीन चौथाई मत सहित विद्या भण्डारी राष्ट्रपतिमा निर्वाचित

Kumari bank ad

काठमाडौँ । विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि करिव तीन चौथाई मत राष्ट्रपति निर्वाचित भएकी छन्। संघीय गणतन्त्र नेपालको राष्ट्राध्यक्षका रुपमा भण्डारीले दोस्रो कार्यकाल शुरु गर्न लागेकी हुन्। राष्ट्रपति भण्डारीले कूल ३९ हजार २७५ मतभार प्राप्त गर्नुभएको छ । संघीय संसद्का सदस्यको एक मतको भार ७९ कायम गरिएको थियो । त्यस आधारमा राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्यमध्ये भण्डारीको पक्षमा २४५ मत परेको थियो । त्यो भनेको १९ हजार ३५५ मतभार हो । उहाँका प्रतिस्पर्धी कुमारीलक्ष्मी राईले संघीय संसद्का तर्फबाट ७८ मत प्राप्त गर्नुभयो । त्यो भनेको ६ हजार १६२ मतभार हो ।

यस्तै प्रदेशसभातर्फ भण्डारीको पक्षमा ४१५ मत परेको थियो । प्रदेशसभाको एक मतको भार ४८ कायम गरिएको थियो । त्यस आधारमा राष्ट्रपति भण्डारीले १९ हजार ९२० मतभार प्राप्त गर्नुभएको हो । संघीय संसद् र प्रदेशसभा सदस्यको कूल मतभार जोड्दा राष्ट्रपति पदका लागि भण्डारीले कूल ३९ हजार २७५ मतभार प्राप्त गर्नुभयो । उक्त मतभार प्रतिस्पर्धी राईको भन्दा २७ हजार ४४५ बढी हो ।

प्रदेशसभा सदस्यका तर्फबाट कुमारीलक्ष्मी राईले ११६ मत प्राप्त गर्नुभयो । त्यो भनेको पाँच हजार ५६८ मतभार हो । यस आधारमा हेर्दा राष्ट्रपतिका उम्मेदवार राईले ११ हजार ७३० मतभार प्राप्त गर्नुभयो । राष्ट्रपति निर्वाचनका लागि कूल ५२ हजार ५०१ मतभार कायम गरिएको थियो । राष्ट्रपतिको निर्वाचनमा संघीय संसद्का तीन मत बदर भएको थियो भने प्रदेशसभा सदस्य मध्ये पाँच मत बदर भएको निर्वाचन अधिकृत तिलप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

राष्ट्रपति निर्वाचनमा संघीय संसद्तर्फ ३२६ मत खसेको थियो भने प्रदेशसभा तर्फका ५३६ मत खसेको थियो । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार सेन्ट्रल लग विधिका आधारमा मतभार कायम गरिएको हो ।

संघीय संसद्का पाँच अनुपस्थित

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिको निर्वाचनमा संघीय संसद्का पाँच सदस्य अनुपस्थित भएका थिए । निर्वाचन आयोगका अनुसार संघीय संसद्का कूल ३३१ सदस्यमध्ये डा बाबुराम भट्टराई, जितेन्द्रनारायण देव, प्रेम सुवाल, रमेश यादव र रेशमलाल चौधरी अनुपस्थित हुनुभएको हो । कूल ३९५ मतभार अनुपस्थिती देखिएको हो ।

प्रदेशसभाका १३ अनुपस्थित
यस्तै प्रदेशसभा तर्फका कूल ५४९ प्रदेशसभा सदस्यमध्ये ५३६ जनाले मतदान गरेका थिए । कूल १३ जना प्रदेशसभा सदस्य मतदान प्रक्रियामा अनुपस्थित भएका थिए । मतदान प्रक्रियामा अनुपस्थित हुने प्रदेशसभा सदस्यमा कृष्णबहादुर चौधरी, धनमाया लामा पोखरेल, प्रल्हाद गिरी, प्रेम तामाङ, विराजभक्त श्रेष्ठ, मनिषकुमार सुमन, रमेश पौडेल, दिन पन्त, शोभा शाक्य, सुरेन्द्र गोसार्इं, हरिशरण आचार्य, हिमबहादुर शाही र सिर्जना सैँजु अनुपस्थित थिए । कूल ६२४ मतभार बराबरको मत अनुपस्थिति रहेको हो ।

आज बिहान १० बजेदेखि शुरु भएको राष्ट्रपतिको मतदान प्रक्रिया अपराह्न १५ बजेसम्म चलेको थियो । निर्वाचन आयोगले पहिलो पटक राष्ट्रपति पदका लागि मतदान गराएको हो । संघीय संसद् र प्रदेशसभाका सदस्यलाई मतदाता बनाएर निर्वाचन गरिएको यो पहिलो पटक हो । यसअघि राष्ट्राध्यक्षको चयन व्यवस्थापिका–संसद् सदस्यले मात्रै गर्ने व्यवस्था थियो ।

२०७४ फागुन २९ गते प्रकाशित

वि.सं.२०७४ फागुन २९ मंगलवार २१:१२ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...