back
NMB ad

विमान दुर्घटनामा निधन हुनेको स्मरणमा दीप प्रज्वलन

Kumari bank ad

रौतहट । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सोमबार भएको युएस बंगला विमान दुर्घटनामा परी निधन भएकाको स्मरणमा बुधवार साँझ गौरको वी.पि चौकमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रममा गरिएको छ ।

रिपोर्टर्स क्लब नेपाल रौतहट शाखा एवं मधेश प्रदेश अनलाईनको आयोजना गरेको उक्त कार्यक्रममा दुर्घटनाप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरि मौन धारण समेत गरिएको छ । सोही दुर्घटनामा परी घाइते भएकाको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।

उनीहरुले विभिन्न समयमा दैवी प्रकोप, मानवीय विपद्, दुर्घटनामा सर्वसाधरणलाई उद्धारपछिको स्वास्थ्य उपचार, औषधि वितरण, मनोवैज्ञानिक परामर्शलगायत सहयोग निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

रौतहट शाखाका अध्यक्ष अभिमनु कुमार पटेलले उक्त दुर्घटनामा परी ठूलो संख्यामा चिकित्सकको अध्ययन पूरा गरेका विद्यार्थीको मृत्यु भएकामा चिन्ता व्यक्त गर्दै त्यसबाट भएको मानवीय क्षतिले मुलुकको अपुरणीय नोेक्सान भएको बताएका छन् । उनले घाइतेको उचित उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रममा श्री जुद्ध क्याम्पसका प्रधानाध्यापक चन्देश्वर राउत, शिक्षक कमलेश सिंह, मुकेश पटेल, स.स.फोरम जिल्ला उपाध्यक्ष श्यामविहारी यादव, नेकपा एमालेका नेता पवन कुमार पटेल, समावजादी बिधार्थी फोरम जिल्ला अध्यक्ष प्रकाश भाई, युवा नेता अरबिन्द यादव, ललन यादव, राकेश यादव समाजसेवी राकेश पटेल लगायत दर्जनौ सर्वसधारणको उपस्थितिमा घटनाप्रति दुःख प्रकट गरेका छन् ।

२०७४ फागुन ३० गते प्रकाशित

वि.सं.२०७४ फागुन ३० बुधवार २१:०० मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...