back
Kumari Bank

कक्षा ६ मात्र पढेका चेपाङ युवाले आफैंले प्यारा मोटर बनाएर गाउँलेलाई चकित पार्दै घण्टौंसम्म आकाशमा उडिरहे (भिडियो सहित)

Nepal Bank

श्रीहरि थापा

काठमाडौं । न गतिलो शिक्षा न त भरपर्दो आर्थिक अवस्था तर तिब्र इच्छाशक्ति हुँदा आफु भित्रको सिर्जना कहाँ त्यसै तुहिन्छ र ! अनि भरखरको युवा अवस्था साथीभाइको साथ संगतमा रमाइलो गर्ने बेला तर मनमा केही नयाँ गर्ने जोश र जाँगर हुँदा कहाँ पो मन बरालिएला ।
एक सिमान्तकृत जाति समुदाय चेपाङ परिवारमा जन्मिएको एक युवकले  आफैंले बनाएको प्यारा मोटरमा झन्डै एक घण्टा चितवनको आकाशमा फन्को मारे भन्दा जो कोहिलाई बिश्वास नलाग्न सक्छ ।

त्यसो त आज भन्दा ११५ बर्ष अघि राइट दाजुभाइले बनाएको बिमानको पहिलो उडानमा विश्वाश गर्ने भन्दा नगर्ने कै जमात बढी थियो । राइट दाजुभाइको तेतिबेलाको पहिलो उडानकै देन स्वरुप आज दैनिक हजारौं उडान हुन्छन् विश्वभर । यातायातको गतिलो र भरपर्दो मध्यम समेत हुन पुग्यो हवाइ यातायात । आजसम्म सिमित देशले मात्र बिमान बनाउन सकेका छन् ।

राप्ती नगरपालिका–२ (साबिक पिप्ले–७) चितवनका २० वर्षका सरोज प्रजा (चेपाङ) ले आफ्नो छ महिनाको एकल प्रयासबाट आज आफुले बनाएको प्यारा मोटरलाई स्थानिय आकासमा करिब ३७ मिनेट उडाउन सफल भै करिब १२–१५ किलोमिटर जमिन सतह पार गरेर स्थानियबासीलाई हर्षित बनाएका छन् ।

चेपाङले उड्ने प्यारा मोटर मात्र बनाएनन्, सारा गाउँलेको अगाडि उडाएर समेत देखाए । केही अघिसम्म कसरी आकाशमा पुग्ला भन्नेहरुका लागि सरोजको उड्ने प्यारा मोटर जीवनभरको लागि अविश्मरणिय उडान बन्न पुग्यो । उनले झन्डै एक घण्टा आकाशमा बिताएका थिए भने सजिलै उडान र अवतरण गरेका थिए । स्थानिय जन प्रतिनिधि सहित सरोजको उडान हेर्न राप्ती नदीमा सिंगो गाउँनै भेला भएको थियो ।

सामान्य परिवारका उनका बाबू मनु चेपाङले अरबमा काम गर्दै करिब ५–६ लाख खर्च पठाए भने आमा लिलामायाँ उनको सुसारमा छिन् ।
सरोजले यसको सफल उडान पछि एउटा मिनी इन्जिन थपेर उडाउनलाई करिव १६×२० फिटको अर्को सानु प्लेन पनि तयार गरेका छन् ।
कक्षा ६ सम्म बुद्धशान्ति माबिमा प्रथम हुँदै पढेर छाडेका उनलाई मोटर ग्यारेजमा केही वर्ष काम गरेकै भरमा मोटरसाइकलको सामान्य इन्जिन मार्फत यती गर्न सकेकोमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका राजकुमार भट्टले खुशि व्यक्त गरे । उनले सरोजलाई आर्थिक, भौतिक र कानुनी लगायत सबै खाले सहयोगका लागि देश विदेशका रहेका साथीहरुसंग अनुरोध समेत गरेका छन् । उनी भन्छन् उसलाई दया हैन प्रोत्साहन गरौं ।

त्यसो त झन्डै छ महिनाको अथक प्रयास पछी यो उडान सफल भएको हो । छ कक्षासम्म मात्र औपचारिक शिक्षा लिएका सरोजका लागि उड्ने मोटर बनाउनु आफैंमा अकल्पनिय थियो । तर निरन्तरको मेहनत र पारिवारिक साथले आज सरोज राप्तीबासिको लागि रोलमोडेल बनेका छन् ।

हिजोसम्म अपरिचित जस्तै रहेका सरोज आज एकाएक सम्भवत नेपालीले बनाएको पहिलो चालक सहितको बिमानको सर्जक बनेका छन् । यसले पनि के प्रमाणित गर्छ भने अवसर र वातावरण पाउने हो भने हाम्रै देशका कुना कन्दरामा पनि राइट दाजुभाइहरु हुन सक्छन् ।

हेर्नुहोस भिडियो

२०७४ चैत ४ गते प्रकाशित

वि.सं.२०७४ चैत ५ सोमवार ००:०५ मा प्रकाशित

You can share this post!

वैदेशिक रोजगारीः ठगीको अभियोगमा पक्राउ   

वैदेशिक रोजगारीः ठगीको अभियोगमा पक्राउ   

वि.सं.२०८२ असार १४ शनिवार २०:५५

काठमाडौँ : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु...

प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित   

प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित   

वि.सं.२०८२ असार १४ शनिवार २०:४५

काठमाडौँ : प्रतिनिधिसभाको आजको बैठकबाट ‘नेपाल नागरिकता (दोस्रो) विधेयक, २०८२’...

राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली स्पेन प्रस्थान   

राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली स्पेन प्रस्थान   

वि.सं.२०८२ असार १४ शनिवार २०:३८

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको सेभियामा यही असार...

आज १४ आषाढ २०८२ शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १४ आषाढ २०८२ शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८२ असार १४ शनिवार ०६:३२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना   

देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना   

वि.सं.२०८२ असार १४ शनिवार ०६:२७

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

निजी विद्यालय सञ्चालन र इसिडीसम्बन्धी व्यवस्था शिक्षा समितिबाट पारित   

निजी विद्यालय सञ्चालन र इसिडीसम्बन्धी व्यवस्था शिक्षा समितिबाट पारित   

वि.सं.२०८२ असार १३ शुक्रवार २१:०३

काठमाडौँ : प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट निजी...