back
NMB ad

सान्जेन र रसुवागढीको दोस्रो चरणको ४७ करोड बराबरको आइपिओ बजारमा, क–कस्ले कती गर्ने आवेदन ?

Kumari bank ad

काठमाडौ । सान्जेन र रसुवागढी हाइड्रो पावरले सोमबार अर्थात आजदेखी सिमित क्षेत्रका व्यक्तिहरुका लागि पुनः आइपिओ निष्काशन गरेको छ । कम्पनीले दोस्रो चरणमा रसुवा जिल्ला र सञ्चय कोषका साथै ऋण प्रदायक कम्पनीका कर्मचारीहरुको लागि सेयर निष्काशन गरेको हो ।

दोस्रो चरणमा सान्जेनले कुल १६ लाख ४२ हजार ५ सय कित्ता र रसुवागढीले कुल ३० लाख ७८ हजार ९ सय ४५ कित्ता सेयर निष्काशन गर्न लागेका हुन् । दुबै कम्पनी चिलिमेका सहायक कम्पनी हुन् । दुबै कम्पनीले यस अघि कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि आइपिओ निष्काशन गरिसकेका छन् ।

फागुन ११ गतेदेखी ३० गतेसम्म पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि आइपिओ निष्काशन गरिसकेका कम्पनीले दोस्रो चरणमा आइपिओ निष्काशनको लागि बिक्री प्रबन्धकमा सान्जेनले नागरिक लगानी कोष तथा रसुवागढीले सिद्धार्थ क्यापिटल लाई छानेका छन् । लगानीकर्ताले आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

दोस्रो चरणमा सञ्चयकोषका कर्मचारीको लागि सान्जेनले ३ लाख ६५ हजार कित्ता र रसुवागढीले ६ लाख ८४ हजार २१० कित्ता आइपिओ निष्काशन गरेका छन् । यस्तै नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी र रसुवाजिल्लाका कर्मचारीहरुका लागि सान्जेनले १२ लाख ७७ हजार ५ सय कित्ता र रसुवागढीले २३ लाख ९४ हजार ७३५ कित्ता आइपिओ निष्काशन गरेका हुन् ।

दुवै कम्पनीको आइपिओमा आवेदन गर्ने मिति चैत ५ गतेदेखि १३ गतेसम्म रहेको छ । यो नौ दिन भित्र कर्मचारी सञ्चयकोष, चिलिमे, विद्युत प्रधिकरण र रसुवा जिल्लाका स्थानिय तहका कर्मचारीहरुले आवेदन दिइसक्नु पर्नेछ ।

रसुवागढीको आइपिओमा सम्बन्धित तहका कर्मचारीले न्युनतम ५० कित्ता देखी अधिकतम ५ सय कित्तासम्म र सञ्चयकोषका कर्मचारीले न्युनतम ५० कित्तादेखी अधिकता २५ सय कित्तासम्म आवेदन दिन पाउनेछन् ।

यता सान्जेनको आइपिओमा सम्बन्धित तहका कर्मचारीहरुले न्युनतम ५० कित्ता देखी अधिकतम ३०० कित्तासम्म र सञ्चयकोषका कर्मचारीले न्युनतम ५० कित्ता देखी अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाउने छन् ।

२०७४ चैत ५ गते प्रकाशित ।

वि.सं.२०७४ चैत ५ सोमवार ०९:०९ मा प्रकाशित

You can share this post!

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:१३

काठमाडौं । आज बुधबार वैशाख १९ सार्वजनिक विदा रहेको छ...

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...