back
NMB ad

शिक्षकलाई तलव खुवाउन मौरी पालन

Kumari bank ad

धादिङ । बेनीघाट रोराङ गाउँपालिका–२ मा रहेको रावलडाँडा आधारभूत विद्यालयमा मौरीपालन गरेर विद्यालयको स्रोत जुटाइएको छ । विद्यालय सञ्चालनका लागि आर्थिक अभाव भएपछि मौरीपालन शुरु गरिएको हो । सरकारले सामुदायिक विद्यालय सञ्चालन गर्न तथा तह बढाउन अनुमति दिने तर शिक्षक दरबन्दी नपठाउने भएपछि सामुदायिक विद्यालय व्यवस्थापन समितिले नै शिक्षकलाई निजी स्रोतमा तलब खुवाउनका लागि मौरीपालन शुरु गरिएको हो ।

नजिक विद्यालय नहुँदा विद्यार्थी माथिल्लो कक्षा अध्ययन गर्नको लागि टाढा जान नसक्ने कारणले गर्दा विद्यालय छाड्ने समस्या बढ्दै गएपछि विद्यालयको तह वृद्धिको लागि आयआर्जनको बाटो खोजेको रावलडाँडा आधारभूत विद्यालयका अभिभावक रामबहादुर रावलले बताए ।

कक्षा ८ सम्मको अनुमति भए पनि एक जनाले बालविकास केन्द्रको सहयोगमा पढाउने र एक प्राथमिक तहको दरबन्दीबाहेक कुनै शिक्षक नभएको पूर्व गाविस अध्यक्षसमेत रहनुभएका उनले जानकारी दिए । कक्षा ८सम्म पढाइ हुने विद्यालयमा हाल २२४ विद्यार्थी पढ्ने गर्छन् ।

अहिले विद्यालयको छतमा २० घार मौरी पालिएको छ । विद्यालयलाई गैरसरकारी संस्था युएमएन र प्रयास नेपालले आधुनिक मौरीको घार निःशुल्क उपलब्ध गराइदिएको थियो । अहिले परीक्षणका रुपमा २० घारमा मौरी राखिएको र यसको उत्पादन राम्रो भएमा थप बढाउने विद्यालयका प्रधानाध्यापक सञ्जीव रावलले बताए ।

२०७४ चैत ९ गते प्रकाशित

वि.सं.२०७४ चैत ९ शुक्रवार १०:४७ मा प्रकाशित

You can share this post!

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:४१

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउमा गिरावट आएको...

तातो हावाको लहर अझै बढ्ने, यस्तो छ मौसम पूर्वानुमान   

तातो हावाको लहर अझै बढ्ने, यस्तो छ मौसम पूर्वानुमान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:३३

काठमाडौँ, १७ वैशाख : विगत केही दिनदेखि देशका अधिकांश भू–भागको...

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल ग्रीन आवास कर्जा’, स्थिर ब्याज दरमा १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल ग्रीन आवास कर्जा’, स्थिर ब्याज दरमा १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:२७

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा...

सन नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

सन नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:१६

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा...

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...