back
NMB ad

हेटौँडा अस्पतालमा आईसियुु सञ्चालनको लागि सहयोग गर्ने मुख्यमन्त्रीको प्रतिवद्धता

Kumari bank ad

हेटौँडा । प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले हेटौँडामा रहेको एकमात्र सरकारी अस्पताल हेटौँडा अस्पतालको अनुगमन निरिक्षण गरेका छन् ।

अनुगमनको क्रममा अस्पताल प्रशासनले हेटौँडा अस्पतालको हालको अवस्थाको विषयमा मुख्यमन्त्री पौडेललाई जानकारी गराएका थिए । अस्पताललाई तत्काल ३ सय बेडमा बृद्धि गर्दै जनशक्ति परिपुर्ति गर्ने विषयमा सहयोगको लागि अस्पतालका मेडिकल सुपरिटेन्डेन कमल दवाडीले मुख्यमन्त्री पौडेललाई आग्रह गरे ।

अस्पतालमा ट्रमा सेन्टर निर्माण, डायलयसिस सेवा तथा आईसियु सेवा सञ्चालनको विषयमा समेत अस्पताल प्रशासनले मुख्यमन्त्रीको ध्यानाकर्षण गरेको थियो ।
जवाफमा मुख्यमन्त्री पौडेलले आफु अस्पतालको स्तोरन्नतीको विषयमा सबैभन्दा धेरै चिन्तित तथा गम्भिर भएको बताए । मकवानपुर स्वास्थ्यको क्षेत्रमा निकै पछि परेको भन्दै मुख्यमन्त्री पौडेलले अस्पतालमा आईसियुु सञ्चालनको लागि सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे । उनले अस्पतालको विकासको लागि प्रदेश सरकारले भरपुर सहयोग गर्ने समेत बताए ।

अनुगमनको क्रममा अस्पताल विकास समितिका अध्यक्ष रमेश गिरि, शिक्षाविद पुरनबहादुर जोशी, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल लगाएको उपस्थिती रहेको थियो ।

२०७४ चैत ९ गते प्रकाशित

वि.सं.२०७४ चैत ९ शुक्रवार २०:०६ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...