back
NMB ad

छालाले छुँदा पोल्ने,के हो सिस्नो ? थाहा पाउनुहोस् सिस्नोको फाईदाहरु

Kumari bank ad

छालाले छुँदा पोल्ने जङ्गली सिस्नुका फाइदा भने गनीसाध्य छैन । अर्टिसा डिओइसा भनिने यो वनस्पतिलाई यदि हामीले हाम्रो खानामा समावेश गर्ने हो भने त्यसले दर्जनौँ शारीरिक समस्याहरू सुल्झाउन सहयोग गर्नेछन् ।
हरियो सिस्नोलाई सागका रूपमा तथा सिधा घाममा नभई घामको ताप मात्र आउने ठाउँमा सुकाएर त्यसलाई पिँधेर धुलो बनाई सुपका रूपमा आ–आफ्नो स्वाद र रुचि अनुसार प्रयोग गर्दा यसले अनगिन्ती फाइदा पु¥याउँछ । कतिपयले सिस्नोबाट चिया समेत बनाएर खान सुझाव दिन्छन् ।

सिस्नोका फाइदाहरू
क. शरीरका अङ्गहरूमा अनेक कारणले भएको दुखाईमा सिस्नोको सेवनले आराम दिन्छ । त्यस्तै हड्डी र जोर्नीको दुखाई तथा शरीरमा आएका बिबिराहरु हटाउनमा समेत यसको भूमिका रहन्छ ।

ख. महिलाहरुका लागि सिस्नो एकदमै उपायोगी हुन्छ किनभने यसमा पर्याप्त फलाम तत्त्व हुन्छ जसले रक्तअल्पता र कमजोरी हटाउन सहयोग गर्छ । यसले कलेजो र महिलाको हर्मोनको संरक्षण गर्न सहयोग पुर्याउँछ ।
यतिमात्र होइन यसले गर्भिणी महिलाको पेटको बच्चालाई मजबुत पार्न र रक्तश्राव रोक्नस हयोग गर्छ । त्यति मात्र कहाँ हो र यसले त महिलाको दूध उत्पादन र छिटै रजनोवृत्ति हुनबाट समेत रोक्छ । सिस्नोलाई ‘हर्बल टनिक्स’हरुमा महिलाहरूको योनीमा आउने बिबिरा हटाउन र मासिक धर्म नियमत होस् भन्ने प्रयोजनका लागि समेत प्रयोग गर्ने गरिन्छ ।

ग. कपाल झर्ने समस्याहरुमा र छालाको रोगमा समेत यो उत्तिकै उपयोगी हुन्छ । डन्डीफोरको समस्या हटाउन र टाउकोको छालामा हुने अन्य समस्या हटाउन यो वनष्पति उपयोगी छ ।

घ. पाचनमा सिस्नो लाभदायक हुन्छ । रुघाका कारण घाँटी बसेको अवस्थामा, गुद्धद्वार सुन्निँदा, नाथ्री फुट्दा र मुख दुख्ने रोगमा पनि सिस्नुको सेवन लाभदायक हुन्छ ।

ङ. त्यस्तै मुत्रनलीमा हुने अवरोध हटाउनमा पनि सिस्नो सहायक रहन्छ ।

च. बर्खे ज्वरोमा समेत सिस्नोको सेवनले लाभ पुर्याउँछ । यसका लागि सिस्नोको सुप उपयोगी हुने डाक्टरहरुको सल्लाह छ ।

छ. अपचमा पनि सिस्नो सेवन लाभकारी छ । यसमा रहेको रेसाले आन्द्रामा अड्केका बिकारलाई सहजै तानेर मलद्वारतर्फ खिच्छ ।

ज. सिस्नोमा भएको भिटामिन, मिनरल, बेटा कारोटेन, पोटासियम, आइरन, क्लोरोफिल र जिङ्कले शरीरमा लाग्ने धेरै प्रकारका रोगहरुसँग सिस्नो सधैँ नै भिडिरहेको हुन्छ ।

झ.टिपेर सुकाईएको सिस्नो तातो पानीमा उमालेर खाँदा सुगर प्रेसर जस्ता रोगहरुलाई समेत कम गर्न सक्छ ।

२०७४ चैत १६ गते प्रकाशित

वि.सं.२०७४ चैत १६ शुक्रवार १७:५९ मा प्रकाशित

You can share this post!

वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले टस हारेर बलिङ गर्दै   

वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले टस हारेर बलिङ गर्दै   

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:५७

काठमाडौँ, १९ वैशाख: घरेलु टोली नेपालले तेस्रो टी—२० खेलमा वेस्ट...

गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:३०

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र युनाइटेड ट्रेडर्स सिन्डिकेट...

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:५२

नवलपुर (नवलपरासी), १९ वैशाखः विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल...

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:४५

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउमा भारी गिरावट...

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२६

काठमाडौँ, १९ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२०

काठमाडौँ, १९ वैशाखः आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’...