back
NMB ad

बन्ने भो नेपालमा क्रिकेट रंगशाला, मुख्यमन्त्री पौडेल र धुर्मुस ‘फिल्ड भिजिट’मा

Kumari bank ad

काठमाडौं । नेपालले क्रिकेटमा एक दिवसीय मान्यता प्राप्त गरेपछि नेपाली दर्शकहरुको ठुलो मागको रुपमा रहेको क्रिकेट रंगशाला निर्माणको लागि आजबाट प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेल र धुर्मुस सुन्तली पाउण्डेसनले औपचारिक रुपमा “फिल्ड भिजिट” शुरु गरेका छन् ।

आज मुख्यमन्त्री पौडेल सहित फाउण्डेसनका सिताराम कट्टेल (धुर्मुस) तथा कुमार कट्टेल (जिग्री) सहितको टोलिले प्रदेश नम्बर ३ अन्तर्गत भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नम्बर ४ मा रहेको १ सय २५ रोपनी जग्गाको अवलोकन गरेका छन् ।
सो जग्गामा अन्तराष्ट्रिय स्तरको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि उनीहरुले “फिल्ड भिजिट” गरेका हुन् । “फिल्ड भिजिट” पछि प्रतिक्रिया दिँदै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले अन्तराष्ट्रिय स्तरको रंगशाला निर्माणको लागि फाउण्डेसनसँगको सहकार्य गर्दै रंगशाला निर्माणमा सहयोग गर्ने बताए ।

नेपाली क्रिकेट विकासको लागि रंगशाला निर्माण कोशेढुंगो हुने भन्दै उनले प्रदेश नम्बर ३ बाट यसको थालनी हुने बताए । “फिल्ड भिजिट” पछि प्रतिक्रिया दिँदै फाउण्डेसनका सिताराम कट्टेलले सबै नेपाली खेलप्रेमिको लागि रंगशाला निर्माण अत्यावश्यक रहेकोले आफुहरुले पनि यो कार्य गर्न लागेको जानकारी दिए ।

खेल मैदानको अभावमापनि अन्तराष्ट्रिय क्रिकेटमा फड्को मारेको नेपालले अन्तराष्ट्रिय मैदान निर्माण गर्नसके क्रिकेट विकासमा अझ नयाँ आयाम थपिने उनको भनाई रहेको थियो । “फिल्ड भिजिट” मा चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रको पनि सहभागिता रहेको थियो ।

२०७४ चैत १७ गते प्रकाशित

वि.सं.२०७४ चैत १७ शनिवार १९:०२ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...