back
NMB ad

रसुवागढीको सेयर बाँडफाँड सकियो,हेर्नुहोस् कसले कति पाए

Kumari bank ad

काठमाडौं । रसुवागढीले निष्काशन गरेको एक करोड ३३ लाख ४२ हजार ९५ कित्ता साधारण सेयर स्मार्ट क्याफे धुम्बाराहीमा आइतबार बाँडफाँड गरिएको छ । आईपिओमा ५० देखि ७० कित्तासम्म सेयर माग गरेका सञ्चयकोषका सञ्चयकर्ताले माग अनुसार नै सेयर प्राप्त गरेका छन् । ८० कित्तादेखि ५०० कित्तासम्म माग गर्ने लगानीकर्तामध्ये ६८ हजार १८ जनाले ८० कित्ता तथा पाँच जनाले ७१ कित्ता सेयर प्राप्त गरेका छन् ।

पहिलो चरणमा कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताका लागि निष्काशन गरिएको सो सेयरमा एक लाख ८८ हजार ९६३ आवेदकले ५.०२ गुणा बढी ६ करोड ६९ लाख ६६ हजार २६ कित्ता सेयर माग गरेका थिए ।

आवेदन गरेका कूल आवेदकमध्ये एक हजार ८५ आवेदकको तीन लाख १३ हजार ६५६ कित्ता सेयरको माग आवेदनमा देखिएको त्रुटीका कारण रद्ध भएको छ । एक लाख ८७ हजार ८७८ जना आवेदकको ६ करोड ६६ लाख ५२ हजार ३७० कित्ता सेयर सदर भएको थियो ।

५० कित्ता सेयर माग गर्ने २४ हजार १८८ जनालाई ५० कित्ताको दरले १२ लाख ९ हजार ४०० कित्ता सेयर बाँडफाँड गरिएको छ । त्यस्तै ६० कित्ता सेयर माग गरेका ५७९ जना आवेदकलाई ६० कित्ताको दरले ३४ हजार ७४० कित्ता सेयर बाँडफाँड गरिएको छ ।

७० कित्तादेखि ५०० कित्तासम्म सेयर माग गर्ने एक लाख ६३ हजार १११ जना आवेदकलाई ७० कित्ताको दरले एक करोड १४ लाख १७ हजार ७७० कित्ता सेयर वितरण गरिएको छ । ७० कित्तासम्म सेयर माग गरेका सबै आवेदकले माग अनुसारको नै सेयर प्राप्त गरेका छन् ।

यसरी बाँडफाँड गरेर बाँकी रहेको ६ लाख ८० हजार १८५ कित्ता सेयर ८० कित्तादेखि ५०० कित्तासम्म आवेदन गर्ने एक लाख ६२ हजार ६३९ जनामध्ये गोलाप्रथाबाट ६८ हजार १८ जनाले थप १० कित्ता गरि ८० कित्ता सेयर बाँडफाँड गरिएको छ । बाँडफाँड गरेर बाँकी रहेको पाँच कित्ता सेयर ९४ हजार ६२१ जनालाई गोलाप्रथामा सहभागिता गराएर एक कित्ताका दरले पाँच जनालाई वितरण गरिएको हो ।

२०७४ चैत १८ गते प्रकाशित

वि.सं.२०७४ चैत १८ आइतवार १६:०३ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...