back
NMB ad

मन्त्री र सांसदको पारिश्रमिक एवं सेवा सुविधादेखि प्रादेशिक दुग्ध विकास बोर्ड गठन गर्नेसम्म, यस्तो छ प्रदेश नम्बर ३ मन्त्रिपरिषद् बैठकको निर्णय

Kumari bank ad

हेटौँडा । प्रदेश ३ को मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले केही विधेयक निर्माणका लागि सैद्धान्तिक सहमति दिएको छ भने एउटा बोर्ड गठन गर्ने सैद्धान्तिक सहमति दिएको छ। सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलका अनुसार बैठकले मन्त्रीहरुको पारिश्रमिक एवं सेवा सुविधासम्बन्धी व्यवस्था गर्न बनेको ऐन २०७४ को विधेयक मस्यौदालाई सैद्धान्तिक सहमति दिएको हो ।

त्यस्तै, प्रदेशसभा सदस्यको सेवा सुविधासम्बन्धी व्यवस्था गर्न बनेको ऐन २०७४ को विधेयक मस्यौदालाई सैद्धान्तिक सहमति दिइएको छ। बैठकले प्रादेशिक दुग्ध विकास बोर्ड २०७४ गठन गर्नेसम्बन्धी सैद्धान्तिक सहमति गरेको छ भने प्रदेशसभा सचिवको काम, कर्तव्य, अधिकार र सेवा–सुविधासम्बन्धी अवधारणालाई सैद्धान्तिक सहमति दिएको प्रवक्ता ढुंगेलले बताए ।

मन्त्रिपरिषद् बैठकले सेवा–सुविधासम्बन्धी विधेयकलाई मात्रै प्राथमिकता दिँदा विभिन्न मन्त्रालयहरुले कानुन अभावमा काम अघि बढाउन सकेको छैन। अहिलेसम्म प्रदेश ३ को सभाले दुईवटा विधेयक मात्रै पारित गरेको छ। यसअघिको प्रदेशसभाले केही सार्वजनिक लिखत प्रमाणीकरणसम्बन्धी विधेयक र आर्थिक विधेयक मात्रै पारित गरेको छ ।

२०७४ चैत्र २० गते प्रकाशित

वि.सं.२०७४ चैत २० मंगलवार २१:२७ मा प्रकाशित

You can share this post!

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...