back
NMB ad

गर्मीमा कति पिउने पानी

Kumari bank ad

एजेन्सी । पानी मानिसको शरीरका लागि जरुरी तत्व हो । शरीरको ७० प्रतिशत भाग नै पानीबाट बनेको हुन्छ । यो कमी भयो भने शरीरबाट विषाक्त पदार्थहरु बाहिर निस्कन पाउँदैंन । यसका अलावा शरीरका लागि जरुरी अक्सिजन पनि प्राप्त हुँदैंन । यसैले गर्मी होस् या चिसो, हरेक मौसममा पर्याप्त पानी पिउनु पर्छ । । गर्मीको समयमा शरीरमा पानीको कमी हुने समस्या भइरहन्छ । गर्मीमा शरीरको तापमान नियन्त्रित गर्न पसिनाबाट प्रशस्त पानी बाहिर निस्कन्छ । यसैले यो मौसममा पानी अझ बढी आवश्यक हुन्छ । पानीको कमीका कारण मिर्गौलाको समस्या निम्तने सम्भावना हुन्छ । सबैभन्दा बढी समस्याचाहिँ ‘डिहाइड्रेशन’ नै हो ।

पानीको कमीबाट शरीरमा बोसोको मात्रा बढ्ने, पाचन क्रिया कमजोर हुने, शरीरमा विषाक्तता बढ्ने, जोर्नी र मांसपेशीमा पीडा हुने आदि समस्या निम्तन्छन् । यतिमात्र नभई प्रतिदिन व्यायाम गर्ने मानिसको शरीरले पानीको खपत बढी गर्छ । यस्ता मानिसका लागि पानीको कमी हानिकारक हुन सक्छ । यस्तो अवस्थामा तिर्खा नलागे पनि समय–समयमा पानी पिउनुपर्छ । दिनको ८ गिलास पानी पिउने हो भने डिहाइड्रेशनको समस्याबाट सजिलै बँच्न सकिन्छ ।

कतिपय मानिस पानीको साटो सफ्ट ड्रिंक, बियर, कफी, सोडा जस्ता पेयपदार्थ पिउँछन् । तर तरल पदार्थ भएपनि यी चिज स्वास्थ्यका दृष्टिले हानिकारक मानिन्छन् । यी चिज पिउँदा पनि डिहाइड्रेशन हुन सक्छ । डिहाइड्रेशनका कारण व्यक्तिको सोच्ने तथा चिजलाई सन्तुलिन गर्ने क्षमता र रक्तसन्चारआदिमा कमी आउन सक्छ । मदिरा पिउने व्यक्तिलाई पनि डिहाइड्रेशन हुन सक्छ ।

पानी कहिले र कति पिउने

पानी खाना खानु आधा घण्टा अघि या खाना खाएको आधा घण्टापछि पिउनुपर्छ । गर्मीबाट आउनेबित्तिकै पानी पिउँनुहुन्न, केहीबेर आराम गरेपछिमात्र पिउन सकिन्छ । यदि छाति पोल्ने या कब्जियतको समस्या छ भने पानीमा एक चम्चा कागतीको रस मिसाएर पिउन सकिन्छ । खाना खाएलगत्तै पानी पिउनुहुन्न, यसले खाना पचाउन समस्या हुन्छ । बिहान उठ्नेबित्तिकै पानी पिउनु लाभदायी हुन्छ । पानी पर्याप्त पिउनाले पेटको क्यान्सर, मुत्राशयको क्यान्सर तथा स्तन क्यान्सरजस्ता गम्भीर रोगबाट सजिलै बच्न सकिन्छ।

डिहाइड्रेशन हुँदा के गर्ने 

डिहाइड्रेशन हुँदा बान्ता हुने, जिब्रो सुक्ने, श्वास लिन गा¥हो हुने, चिडचिडाहट हुनेजस्ता समस्या हुन्छ । यदि यस्तो हुन्छ भने पानीमा अलिकता नुन र चिनी मिसाएर तत्काल पिउनुपर्छ । काँचो दूधको लस्सी बनाएर पनि पिउन सकिन्छ । महीमा नुन हालेर पिउनाले पनि यो समस्याबाट राहत पाउन सकिन्छ ।

यस्तै, नरिवलको पानीले पनि यस्तो अवस्थामा फाइदा गर्छ । गर्मी मौसममा अधिक व्यायाम गर्ने या जिम जाने तथा बढी व्यस्त हुने मानिसलाई डिहाइड्रेशनको समस्या हुन्छ । यस्ता मानिसले पानी पिउने क्रमलाई बढाउनुपर्छ।

पानीको विकल्प

विभिन्न फलफूल तथा तरकारीलाई पनि पानीको विकल्पको रुपमा प्रयोग गर्न सकिन्छ । काँक्रोमा शरीरका लागि जरुरी भिटामिन र खनिज पदार्थका अलावा पानीको मात्रा पनि अधिक हुन्छ । यसमा ९६ प्रतिशतभन्दा बढी पानी हुन्छ । जसको उपयोगले शरीर हाइड्रेट रहन्छ । यस्तै, पालुंगोमा पनि ९१ प्रतिशत पानी हुन्छ । पालुंगोमा आइरन र म्याग्नेसियमको मात्रा प्रचुर हुन्छ, जसले शरीरमा हेमोग्लोबिनको मात्रा बढाउँछ । स्टार फ्रुटमा पानी करिब ९१ प्रतिशत हुन्छ । स्वादमा अलिक अमिलो हुने यो फलका एन्टीअक्सिडेन्ट र भिटामिन सी प्रमुख रुपमा पाइन्छ ।

गोलभेंडामा ९४।३ प्रतिशत पानी हुन्छ । यसमा भिटामिन सी र आइरन हुन्छ, जसले रोग प्रतिरोधी क्षमता बढाउँछ । यस्तै क्यान्सरसंग लड्ने कयौं प्रकारका एन्टीअक्सिडेन्ट पनि हुन्छन् । यसैगरी, गर्मीमा लोकप्रिय फल मानिने खरबुजामा पनि पर्याप्त पानी पाइन्छ । यसमा ९२ प्रतिशत पानी हुन्छ । यसले शरीरको प्रतिरोधी क्षमता कायम राख्न मद्धत गर्छ ।

स्वास्थ्यखबर
२०७५ बैशाख १३ गते प्रकाशित

वि.सं.२०७५ वैशाख १३ बिहीवार ०९:१६ मा प्रकाशित

You can share this post!

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...

राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने   

राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:१६

काठमाडौँ २१ वैशाख: राष्ट्रिय सूचना आयोगले १७औँ वार्षिकोत्सवका अवसरमा सूचनाको...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको स्वतन्त्र सञ्चालकमा सदिक्षा श्रेष्ठ नियुक्त

नेपाल वेयरहाउजिङ्ग कम्पनीको स्वतन्त्र सञ्चालकमा सदिक्षा श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:०६

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको रिक्त रहेको स्वतन्त्र सञ्चालक...

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार   

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:०१

काठमाडौँ, २१ वैशाख : काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार...

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द   

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १६:५७

अबुधाबी (युएई), २१ वैशाख : संयुक्त अरब इमिरेट्स (युएई) ले...

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल   

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १६:५०

काठमाडौँ, २१ वैशाख : वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले...