back
NMB ad

मेगा बैंकको लेखनाथ र कुष्मामा नयाँ शाखा विस्तार

Kumari bank ad

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले कास्कीको लेखनाथ र पर्वतको सदरमुकाम कुष्मामा नयाँ शाखा विस्तार गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर २७ तालचोक र कुष्माको लोकतान्त्रिक चोकमा शाखा विस्तार भएको हो ।

लेखनाथ शाखाको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र मेगा बैंक संचालक समितिका सदस्य मदन आचार्यले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । मेगा बैंकका कम्पनी सचिव तुलसीराम पोखरेलका अनुसार, शाखा विस्तारपछि साबिकको लेखनाथ क्षेत्रका बासिन्दाहरु उत्साहित देखिएका छन् । मेगा बैङ्कले यस क्षेत्रमा २०७४ जेठ १२ मा आंशिक सेवा (सफ्ट लञ्च) प्रारम्भ गरेयता ११ सय बैङ्क खाता खोल्न सफल भइसकेको छ ।

यसैगरी, कुष्मा शाखाको मेगा बैंक संचालक समितिका सदस्य इन्द्रबहादुर मल्ल ठकुरी र कुष्मा उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले एक समारोहबीच संयुक्त रुपमा उद्घाटन गर्नुभयो । २०७४ जेठ १४ गतेबाट सफ्ट लञ्च भई सेवा प्रारम्भ गरेको यस शाखाले यो अवधिमा २ हजार ४४ वटा खाता खोल्न सफल भइसकेको छ ।

लेखनाथ र कुष्मामा शाखा विस्तार भएसँगै मेगा बैंकका ३ वटा एक्टेन्शन काउन्टरसहित ४७ वटा शाखा पुगेको छ । अब ६ वटा शाखाको औपचारिक उद्घाटन हुन बाँकी छ । मेगा बैंकको ५४ वटा मेगा मनी मेशिन, ५८ शाखारहित बैंकिङ सेवा र देशभर छरिएका मेगा रेमिटका १८ सय भन्दा बढी एजेन्ट छन् ।

२०७५ बैशाख १६ गते प्रकाशित

वि.सं.२०७५ वैशाख १६ आइतवार १७:१२ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...