back
NMB ad

कोलोराडो सप्ताहको पहिलो दिन ५५ हजार डलर भन्दा बढी सहयोग संकलन

Kumari bank ad

नातिबाबु भट्ट,कोलोराडो, अमेरीका । नेपाली र नेपाली भाषी भुटानीहरुको बाक्लो बसोबास रहेको कोलोराडोमा नेपालीहरुको साझा सामुदायीक भवन निर्माणका लागी आर्थिक संकलन गर्ने उद्धेश्यले अयोजना गरिएको श्रीमद्भागवत् महापुराणको पहिलो दिन ५५ हजार सहयोग संकलन भएको छ ।

नेपाली घरको संयोजन तथा कोलोराडोमा कृयाशिल सबै संघ संस्था र समाजसेवीहरुको आयोजनामा आजदेखी बाचन प्रविण गुरु दिनबन्धु पोखरेलको मुखारबिन्दबाट श्रीमद्भागवत् महापुराणको कथा वाचन शुरु भएको हो । नेपाली मुलका नेपाली भाषी भुटानीहरुको बाक्लो बसोबास रहेको अरोरा शहरको १६०९ हावाना स्ट्रीट स्थित भिलेज एस्चेन्ज सेन्टरमा उनीहरुको बिशेष सहयोगमा यस कार्यक्रम सञ्चालन हुन गएको हो ।

एनआरएन कोलोराडो च्याप्टरका अध्यक्ष लिलाराज ढुङ्गानाको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रममा आज कोलोराडो निवासी समाज सेवी पुरुषोत्तम पाण्डेको स–परिवारले २१ हजार सहयोग दिने घोषणा गरेर आजको सबै भन्दा ठुलो चन्दादाता भई कार्यक्रममको सभामहानायक घोषीत भएका थिए । त्यसैगरी नरबहादुर ढुङ्गेलका परिवारले १० हजार १ सहयोग दिएर सभानायक घोषित भएका थिए ।
त्यसैगरी आज सामुदायिक भवन निर्माणगर्न सहयोगको घोषणा गर्नेहरुमा संगिता श्रोत्रीयको स–परिबारबाट ३ हजार, ज्ञान पाण्डेका परिवारले १ हजार , ग्लोवल भुटनिज कम्यूनिटी अफ कोलोराडोको टिमबाट १ हजार, गणेश भट्टराईको परिवारबाट १ हजार र सुर्य रुपाखेतीको परिवारबाट १ हजार ११ डलर रहेको छ । यसरी सबैको सहयोग जम्मागरि ५५ हजार डलर जम्मा भएको कोषाध्यक्ष जगदिश ढकालले बताउका छन् ।

कार्यक्रमको मध्यान्तर पछिको सत्र ग्लोवल फोरमका अध्यक्ष तिर्थ बर्माको प्रमुख आतिथ्यतामा भएको थियो । मध्यान्तरको समयमा राधे राधे कोलोराडोका भक्तजनहरुले भजन प्रस्तुत गरेका थिए । सहयोग गर्ने दाताहरुलाई अध्यक्ष मण्डलका टिमले खादा पहिराई दिई सम्मान गरेका थिए । आजको भक्तजनहरुलाई बसन्त लम्साल जाईका रेष्टुरेण्ट र जिवन अर्याल, उमा अर्याल, जिवन श्रेष्ठ र रेणु श्रेष्ठले निशुल्क खाना उपलब्ध गराई सहयोग गरेका थिए ।

२०७५ बैशाख १७ गते प्रकाशित

वि.सं.२०७५ वैशाख १७ सोमवार १४:५२ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...