back
NMB ad

कोलोराडो सप्ताहको तेश्रो दिन आज झण्डै एकलाख डलर सहयोग संकलन

Kumari bank ad

नातिबाबु भट्ट,कोलोराडो, अमेरीका । नेपाली र नेपाली भाषी भुटानीहरुको बाक्लो बसोबास रहेको कोलोराडोमा नेपालीहरुको साझा सामुदायीक भवन निर्माणका लागी आर्थिक संकलन गर्ने उद्धेश्यले अयोजना गरिएको श्रीमद्भागवत् महापुराणको तेश्रो दिन सम्म आईपुग्दा १ लाख ५० हजार डलर भन्दा बढि सहयोग संकलन भएको छ ।  नेपाली घरको संयोजन तथा कोलोराडोमा कृयाशिल सबै संघ संस्था र समाजसेवीहरुको आयोजनामा गत आईतबार देखी बाचन प्रविण पण्डित दिनबन्धु पोखरेलको मुखारबिन्दबाट श्रीमद्भागवत् महापुराणको कथावाचन शुरु भएको हो ।

नेपाली मुलका नेपाली भाषी भुटानीहरुको बाक्लो बसोबास रहेको अरोरा शहरको १६०९ हावाना स्ट्रीट स्थित भिलेज एस्चेन्ज सेन्टरमा उनीहरुको बिशेष सहयोगमा यस कार्यक्रम सञ्चालन हुन गएको हो । ग्लोवल भुटनिज कम्यूनिटी अफ कोलोराडोका अध्यक्ष सोम बरालको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रममा आज एनआरएन कोलोराडो च्याप्टर र एनआरएन हेल्पडेक्स कोलोराडोको पहलमा संकलित रकम सामुदायीक भवन निर्माणगर्न ४० हजार डलर दिने घोषणा गरेर अहिले सम्मको संघसंस्था तर्फ ठुलोदाता बनेको छ । कार्यक्रमलाई संम्बोधन गर्दै एनआरएन यूएसए हेल्पडेक्सका केन्द्रिय सदस्य बासुदेब खनाले सहयोग रकम संकलन अभियान निरन्तर रहने बताए । कार्यक्रममा कोलोराडो च्याप्टरका अध्यक्ष लिलाराज ढु¨ाना, उपाध्यक्ष तथा कोलोराडो च्याप्टर हेल्पडेक्सका संयोजक कुमारजंग कार्की लगायतका टिमको उपस्थिती रहेको थियो । 

त्यसैगरी आज आर एण्ड आर होम केयर तथा मैरिक एडल्ट डे केयरका भेनस मेटावर्सनले नेपाली समुदायले अघि बढाएको अभियानबाट प्रभावीत भई १० हजार डलर सहयोग गरेका छन् । त्यस्तै अन्य दाताहरुमा अध्यक्ष मण्डलका सदस्य डा.बिष्णुबहादुर श्रेष्ठको परिबारबाट ११ हजार १, अर्का सदस्य डा.विजयराज शर्माको परिवारबाट १० हजार १ डलर सहयोग दिने घोषणा गरेका छन् ।

त्यसैगरी आज सहयोगको घोषणा गर्नेहरुमा सोम अर्यालको स–परिबारबाट ५ हजार १, पूर्ण गुरुङको परिवारबाट ५ हजार १ सय, पुष्कर बस्नेतको परिवारबाट १ हजार १ सय ११, नन्दलाल न्यौपानेको परिवारबाट १ हजार १ सय ११, किरातराई सोसाईटीबाट १ हज्ाँर २५, निर्मल प्याकुरेलको परिवारबाट १ हजार १, राजु थापाको परिवारबाट १ हजार १ र अर्जुन कार्कीको परिवारबाट १ हजार सहयोग भएको कोषाध्यक्ष जगदिश ढकालले बताएका छन् ।

मध्यान्तर पछिको कार्यक्रम कोलोराडो अफ्रीकन अर्गनाईजेशनका शेर मीजारको प्रमुख आतिथ्यतामा सञ्चालन भएको थियो । मध्यान्तरको समयमा हनुमान चालिसाका भजन समुहका भक्तजनहरुले भजन प्रस्तुत गरेका थिए । सहयोग गर्ने दाताहरुलाई अध्यक्ष मण्डलका टिमले खादा पहिराई दिई सम्मान गरेका थिए ।

२०७५ बैशाख १९ गते प्रकाशित

वि.सं.२०७५ वैशाख १९ बुधवार १४:२७ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...