back
NMB ad

प्रधानमन्त्री ओली र जिफन्ट पदाधिकारी भेटघाट

Kumari bank ad

काठमाडौ । प्रधानमन्त्री के.पी. शर्मा ओलीले देशमा श्रमजिवी वर्गका लागि अनकूल सरकार बनेकोले हड्ताल गर्नै नपर्ने प्रवन्ध भएको बताउनु भएको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का नवनिर्वाचित अध्यक्ष विनोद श्रेष्ठको नेतृत्वमा प्रधानमन्त्रीसँग भेट्न आएको प्रतिनिधि मण्डललाई सम्वोधन गर्दै प्रधानमन्त्रीले श्रमिकहरुले अब माग पूरा नभए यस्तो गर्छौं वा अन्यथा यस्तो हुनेछ भन्ने दिन नरहेको बताउनु भयो ।

भेटघाटको सुरुवातमा दुई दिनअघि मात्र जिम्मेवारी सम्हाल्नु हुने अध्यक्ष श्रेष्ठले श्रमिकको मासिक र दैनिक ज्यालामा अभिवृध्दि गर्न प्रधानमन्त्रीको ध्यान आकर्षण गर्नु भएको थियो । उहाँले सामाजिक सुरक्षामा बढीभन्दा बढी श्रमिकको पहुँच कायम गर्न आवश्यक रहेको बताउँदै श्रम ऐनको पूर्ण कार्यान्वयनका लागि श्रम अडिटको प्रधावकारी सुरुवात हुनु पर्नेमा जोड दिनु भएको थियो ।

जिफन्ट अध्यक्ष श्रेष्ठको प्रस्तुतिपछि प्रधानमन्त्रीले भन्नु भयो, हामी राष्ट्र निर्माणको महाअभियानमा छौं । कसो गर्दा सामाजिक सुरक्षा कायम हुन्छ, कसो गर्दा सामाजिक सुसम्बन्ध वलियो हुन्छ, कसरी उत्पादनमा वृध्दि हुन्छ, कसो गर्दा उत्पादन सम्बन्धमा परिवर्तन हुन्छ र शोषण अनि अन्याय हुँदैन, त्यसै गर्न वर्तमान सरकार कटिवध्द छ । प्रधानमन्त्री ओलीले वर्तमान सरकार श्रमजिवी वर्गसँग घनिष्ट सम्बन्ध रहेकै कारण न्यायोचित र उत्पादनमूलक बाटोमा अग्रसर भएको बताउनु भयो ।

प्रधानमन्त्रीले जिफन्टका नवनिर्वाचित पदाधिकारीहरुलाई वधाई तथा शुभकामना ज्ञापन गर्नु भयो । त्यस अवसरमा अध्यक्ष श्रेष्ठले प्रधानमन्त्रीका प्रमूख सल्लाहकार एवं जिफन्टका निर्वतमान अध्यक्ष विष्णु रिमाल जिफन्टका संरक्षक रहनु भएको बताउनु थियो ।

२०७५ बैशाख २० गते प्रकाशित

वि.सं.२०७५ वैशाख २० बिहीवार १४:१० मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...