back
NMB ad

वैशाख ३१ मा आउने भयो रैराङ हाइड्रोपावरको ८ लाख ४० हजार कित्ता आइपीओ, कहिलेसम्म दिने आवेदन

Kumari bank ad

काठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले यही वैशाख ३१ गतेदेखि ८ करोड ४० लाख रुपैयाँ बराबरको आईपिओ बिक्री गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा कर्मचारी र सर्वसाधारणलाई सहित ८ लाख ४० हजार कित्ता आइपिओ निष्काशन गर्ने भएको हो । यसमध्ये ३३ हजार ६०० कित्ता कम्पनीका कर्मचारी र ४२ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी रहेको ७ लाख ६४ हजार ४०० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।

यो आइपीओमा जेठ ३ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा आवश्यक मात्रमा आवेदन नपरेमा भने जेठ २९ गतेसम्म भर्न पाइने व्यवस्था छ । आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सी–आस्वा प्रणालीमार्फत सेयर भर्न सकिनेछ । यसमा न्यूनतम ५० देखि अधिकतम ४ हजार २०० कित्तासम्म आवेदन दिन पाइन्छ ।

लगानीकर्ताले एनआइबिएल एस क्यापिटल लाजिम्पाट, रैराङ हाइड्रो डेभलपमेन्ट प्रालि थापाथली र नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरुबाट सि आश्वा मार्फत आवेदन दिन सक्नेछन् । त्यस्तै मेरो शेयरका प्रयोगकर्ताले घर मै बसी इन्टरनेटको माध्यमबाट आइपिओमा आवेदन गर्न सक्नेछन् ।

रैराङको प्रतिसेयर नेटवर्थ ९७.४४ रुपैयाँ रहेको छ । जारी पुँजी ५६ करोड रुपैयाँको १५ प्रतिशत सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले यसअघि पाँचथर र ताप्लेजुङ जिल्लाका आयोजना प्रभावित स्थानीयबासीलाई ५ लाख ६० हजार कित्ता आइपीओ बिक्री गरेको थियो । हाल कम्पनीको जारी पुँजी ५६ करोड रुपैयाँ रहेको छ भने संस्थापक सेयरधनीको स्वामित्व ७५ प्रतिशत रहेको छ ।

२०७५ बैशाख २१ गते प्रकाशित

वि.सं.२०७५ वैशाख २१ शुक्रवार १२:१५ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...