back
NMB ad

धुर्मुस र खेमसँगै राज्यमन्त्रीले सफा गरिन् वीर अस्पतालमा ट्वाइलेट

Kumari bank ad

काठमाडौं । मुलुककै जेठो अस्पताल वीरमा सफाइ अभियान सुरु भएको छ । सफाइ अभियान चलाइरहेका खेम शर्माको अगुवाईमा आइतबारदेखि बीर अस्पतालमा सफाइ अभियान सुरु भएको हो । खेम्स क्लिनिङ्गले थालेको एक महिने अभियानमा धुर्मुस सुन्तली फाउण्डेसनले सहयोग रहेको छ । सफाइ अभियानको शुभारम्भ गर्दै शर्मा र धुर्मुससँगै स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले वीर अस्पतालको ट्वाइलेट सफा गरिन् ।

अभियानका लागि सहयोगी संस्थाका तर्फबाट १५ जना कर्मचारी अस्पतालमा खटाइनेछ । उनीहरुले वीरका कर्मचारीलाई सरसफाइ सम्बन्धी तालिम पनि दिनेछन् । अस्पतालको सरसफाइका लागि करिब ४५ कर्मचारी कार्यरत छन् । सफाइ अभियान पहिलो १५ दिन वीर अस्पताल र बाँकी १५ दिन ट्रमा सेन्टरमा चल्नेछ ।

स्वास्थ्य संस्थाहरुमा फोहोर भएको जनगुनासो बढेपछि देशभरकै स्वास्थ्य संस्था सफाइ गर्ने उद्देश्यले वीरबाट अभियान सुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ‘यो अभियानसँगै अस्पतालको बाहिरी सफाइ सुरु भएको छ । भित्री सफाइ पनि क्रमशः गर्दै लैजान्छौं,’ राज्यमन्त्री पद्मा अर्यालले भनिन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. गणेश गुरुङ्गले भने आफूहरुले पनि सफाइको प्रयास गरेको तर, पर्याप्त नभएको बताएका छन् ।

२०७५ बैशाख २३ गते प्रकाशित

वि.सं.२०७५ वैशाख २३ आइतवार १३:४१ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...