back
NMB ad

शान्ती र स्थिरता तर्फ नेपाल : प्रम ओली

Kumari bank ad

काठमाडौँ । प्रधानमन्त्री केपीशर्मा ओलीले नेपाल शान्ती र स्थिरता तर्फको यात्रामा अगाडि बढेको बताउनुभएको छ । स्थानीय तह,प्रदेशसभा र संघीय संसदको निर्वाचन सम्पन्न भइसकेर नयाँ सरकारहरु पनि गठन भइसकेकोले स्थिरता तर्फ बढेको बताउनुभएको छ । संयुक्त राष्ट्र संघीय बालकोष(युनिसेफ)ले आयोजना गरेको ‘सिक्दै गरेको पुस्ता र सिकाईको तरिका’ सम्बन्धी दक्षिण एशिया क्षेत्रीय उच्चस्तरीय बैठकको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकार समावेशी नीति,समानता,समृद्धि र सामाजिक न्यायका लागि प्रतिवद्ध रहेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले नेपालको संविधानले आधारभुत तहसम्मको शिक्षा अनिवार्य र माध्यमिक तह सम्मको शिक्षा निशुल्क गर्ने व्यवस्था गरेको स्मरण गराउनु भएको छ ।“शिक्षाका अतिरिक्त स्वास्थ्य,हेरचाह,व्यक्तित्व विकास, खेलकुद जस्ता कुराहरु हरेक बालबालिकालाई उपलब्ध गराइन्छ” प्रधानमन्त्री ओलीले भन्नुभएको छ ।

नेपालबिना भेदभाव बालअधिकार रक्षाका लागि प्रविबद्ध रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । “नेपाल बालअधिकार महासन्धीको पक्ष राष्ट्र पनि हो ”प्रधानमन्त्री ओलीले भन्नुभयो “त्यसकारण पनि हामी बालबालिकाको शिक्षा पाउने अधिकारलाई उच्च प्राथमिकतामा राख्छौं ।” प्रधानमन्त्री ओलीले नेपालमा शैक्षिक गुाण्स्तर वृद्धिका लागि सुचना र प्रविधीको प्रयोग गरिने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले भन्नुभयो “सुचना र प्रविधीलाई विद्यार्थी देखि विद्यालय सम्म विस्तार गर्ने सरकारको योजना छ ।”प्रधानमन्त्री ओलीले भन्नुभयो दिगो विकासको लक्ष्य प्राप्तिका लागि सूचना प्रविधिको प्रयोग र अनुसन्धानमा जोड दिन आग्रह गर्नुभएको छ ।

२०७५ बैशाख २४ गते प्रकाशित

वि.सं.२०७५ वैशाख २४ सोमवार १६:५३ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...