back
NMB ad

पुरुष सौन्दर्य प्रतियोगिता हुँदै : विजेतालाई रु एक लाख पुरस्कार

Kumari bank ad

काठमाडौँ । सौन्दर्य प्रतियोगिताको आयोजना गर्दै आएको जुम इन इभेन्टस् नामक संस्थाले म्यान अफ द नेपालको विजेतालाई ताजसहित रु एक लाख पुरस्कारको घोषणा गरेको छ । मंगलबार साँझ आयोजना गरिएको पत्रकार सम्मेलनमा सोही प्रतियोगितामा संयोजक विमल परियारले दोस्रो र तेस्रोलाई क्रमशः रु ५० हजार र रु २५ हजारको पुरस्कार व्यवस्था गरिएको जानकारी दिए ।

विजेताले फिलिपिन्समा हुने म्यान अफ द वल्र्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने व्यवस्था गरिएको छ । प्रतियोगितामा १८ देखि ३० वर्षसम्मका युवक सहभागी गराइनेछ भने देशका विभिन्न शहरबाट अधिकतम प्रतियोगीलाई सहभागी गराउनका लागि कार्यक्रमको महत्वलाई प्रचारप्रसार गरिएको छ ।

सौन्दर्यताका लागि आवश्यक विभिन्न चरण पूरा गरेपछि प्रतियोगितामा छनोट गर्दै उनीहरुलाई माथिल्लो तहको तालीम दिइने छ । धरान, विराटनगर, चितवन, बुटवलबाट प्रतियोगी छनोटका कार्य भइरहेको छ भने काठमाडौँमा यही वैशाख ३१ गते छनोट गरिने आयोजकले जनाएका छन् ।

देशका विभिन्न स्थानबाट छनोट भएर आएका प्रतियोगीमध्ये उत्कृष्ट छनोट गर्न आगामी असार १ गते अन्तिम चरणको प्रतिस्पर्धा काठमाडौँमा गराइनेछ ।

२०७५ बैशाख २६ गते प्रकाशित

वि.सं.२०७५ वैशाख २६ बुधवार ११:४० मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...