back
NMB ad

आयोजना प्रभावितलाई हाइड्रोपावरको ३ लाख ७१ हजार कित्ता आइपीओ आउँदै

Kumari bank ad

काठमाडौं। जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेडले आगामी जेठ ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ३ लाख ७१ हजार ४ सय कित्ता साधारणसेयरको आइपीओ निश्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिका वडानम्बर १, ३ र ४ ९साबिक इलाम जिल्ला साखेजुङ, पुवामजुवा र माइपोखरी गाविसका बासिन्दाहरुका लागि आइपीओ निश्कासन गर्ने भएको हो ।

कम्पनीले छिटोमा जेठ २२ र ढिलोमा असार ११ गतेसम्म निष्काशन गर्ने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ। आइपिओ आवेदनको लागि इलाम जिल्लामा रहेको सिद्धार्थ बैंक, एक्सेल डेभलपमेन्ट बैंक र कन्काइ विकास बैंकमार्फत आवदेन दिन पाइने सिद्धार्थ क्यापिटलले जनाएको छ।

कम्पनीले आफ्नो कुल चुक्तापूँजीको १० प्रतिशतले हुन आउने सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई बिक्री गर्न लागेको हो । यसपछि ४९ प्रतिशतले हुन आउने १८ लाख १९ हजार ८ सय ६० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्ने योजना रहेको आह्वानपत्रमा उल्लेख छ । कम्पनीको अधिकृत पूँजी ४५ करोड, जारी पूँजी ३७ करोड १४ लाख र चुक्तापूँजी १८ करोड ९४ लाख रुपैयाँ रहेको छ ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले यसको आइपीओलाई ग्रेड ५ को ग्रेडिङ प्रदान गरेको छ । यसको अर्थ कम्पनीको अवस्था आधारभूत भन्दा निकै कमजोर रहेको छ भन्ने हो । जोशी हाइड्रोपावर कम्पनीले ३ हजार किलोवाट क्षमताको माथिल्लो पुवा १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

२०७५ बैशााख ३० गते प्रकाशत

वि.सं.२०७५ वैशाख ३० आइतवार ११:१७ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...