काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकास्थित–७ स्थित एक उद्योगमा गएराति आगो लाग्दा २ करोडभन्दा बढीको क्षति भएको छ । नर्कटेचोकमा रहेको समृद्धि प्रिन्ट एण्ड प्याकिङ उद्योगमा राति आगो लागेको हो । सो उद्योग स्थानीय दिनेश सुवेदीको हो । आगलागीबाट २ करोड २० लाख रुपैयाँ बराबरको क्षति भएको ललितपुर प्रहरीले जनाएको छ ।आगलागी विद्युत सर्ट भएर आगो लागेको अनुमान गरिएको छ ।
राति १० बजेतिर लागेको आगो सोमबार बिहानपखमात्रै निभाइएको थियो । आगो निभाउन काठमाडौं र ललितपुरका दमकल, प्रहरी र स्थानीय खटिएका थिए ।
२०७५ बैशाख ३१ गते प्रकाशित
वि.सं.२०७५ वैशाख ३१ सोमवार ०९:३४ मा प्रकाशित