back
NMB ad

सरकारले तिव्र विकास चाहेको छ : प्रधानमन्त्री ओली

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले तिव्र विकास गर्न चाहेको बताउनुभएको छ । प्रदेश नं २ का साँसदहरुको सर्वदलीय डेलिगेसनलाई आज बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनभुएको हो ।

प्रधानमन्त्री ओलीले देशको विकासका लागि हिमाल पहाड तराइका जनता एकताबद्ध भएर अघि बढ्नु पर्ने बताउनुभयो । “विकासका लागि अरुको मुख ताक्ने र दोष अरुलाई दिएर आफू उम्कने होइन” प्रधानमन्त्री ओलीले भन्नुभयो “विकाशका लागि आफैं अग्रसर हुनुपर्छ । अरुको मुख ताकेर पनि हुदैन ।”

तराइको ठुलो जनसंख्या विदेशमा गएर काम गरिरहेकोले त्यो जनसंख्यालाई स्वदेशमै फर्काएर काममा लगाउनु पर्ने प्रधानमन्त्री ओलीको धारणा छ । सरकार देशमा सुशासन,भ्रष्टाचार नियन्त्रण,शान्ती सुव्यवस्था कायम गर्न लागि परेको प्रधानमन्त्री ओलीले बताउनुभयो । प्रधानमन्त्री ओलीले देशमा कृषिबाट क्रान्ती सम्भव हुने बताउदै “हरेक प्रदेशमा विशेष जोनहरु स्थापना गर्नु पर्दछ । ”
देशमा प्रशासनिक खर्च धेरै भएर विकाशमा केही कठिनाइ भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

सांसदहरुले प्रदेश नं २ मा कृषि तथा सिंचाइ,उद्योग,पर्यटन,यातायात,स्वास्थ्य,चुरे संरक्षण तथा नदी नियन्त्रण लगायतका कार्यक्रम सञ्चालन गर्न माग गरेका थिए । यसैगरी शिक्षा तथा खेलकुद,महिला हिंसा,जनता आवास कार्यक्रम,अन्तराष्ट्रिय स्तरको सभाहल तथा प्रधानमन्त्रीसंग तराइ मधेस बिशेष कार्यक्रम सञ्चालन गर्न माग गरेका छन् ।

२०७५ जेठ १ गते प्रकाशित

वि.सं.२०७५ जेठ १ मंगलवार १७:५२ मा प्रकाशित

You can share this post!

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...