back
NMB ad

रकम लुटेको आशङ्कामा दुई पक्राउ

Kumari bank ad

धनगढी । धनगढीको पुरानो भन्सार रोडमा रहेको एनसिसी बैंक नजिकको चोकबाट आज गोली चलाई रु नौ लाख लुटिएको घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता हरिबहादुर ओलीले घटनामा संलग्न भएको शंका लागेर गोदावरी नगरपालिकाको गेटाबाट दुई जनालाई रु नौ लाखसहित पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिनुभयो । आज कार्यालय समय शुरु भएलगत्तै उक्त बैंकबाट रु नौ लाख झिकेर फर्किंदै गरेका धनगढी उपहानगरपालिका–२का निर्मल कार्कीमाथि बैंक नजिकैको चोकमा मोटरसाइकलमा आएका दुई अपरिचित गोली चलाउँदै साथमा रहेको रकम लुटेर फरार भएका थिए ।

गोली लागेर घाइते कार्कीका हातबाट एउटा गोली निकालिएको छ । सेती अञ्चल अस्पताल धनगढीमा उपचाररत उहाँको अवस्था खतरामुक्त छ । धनगढीस्थित ग्लोबल आइएमई मनी ट्रान्सफरमा कार्यरत कार्की उक्त बैंकमा रकम झिकेर मनी ट्रान्सफरतर्फ जाँदै गर्दा लुटिनुभएको जनाइएको छ ।

२०७५ जेठ १३ गते प्रकाशित

वि.सं.२०७५ जेठ १३ आइतवार १४:१३ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...