back
NMB ad

शिखर इन्सुरेन्सको २९ प्रतिशत बोनस सेयरधनीको डिम्याट खातामा, नपाउनेले के गर्ने ?

Kumari bank ad

काठमाडौं । शिखर इन्सुरेन्सले २९ प्रतिशत बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिदिएको छ । कम्पनीले गत मंसिर २१ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस खातामै जम्मा गरिदिएको हो । त्यस्तै, त्यस समय पश्चात डिम्याट गरेका सेयरधनीहरुको बोनस सेयर पनि क्रमशः जम्मा गरिदिने बताएको छ ।

हालसम्म भौतिक रुपमै सेयर लिएका सेयरधनीले भने एनआइबीएल एस क्यापिटल लिमिटेड लाजिम्पाट काठमाडौं, लालदरवार काठमाडौं सहित ललितपुर, पोखरा, वीरगञ्ज, बुटवल र विराटनगर शाखा कार्यालयमा सम्पर्क गरी तत्काल सेयर अभौतिकीकरण गर्न भनिएको छ । डिम्याट गराएपछि मात्र बोनस खातामा जम्मा हुनेछ ।

सेयर धितोकर्जा लिएका सेयरधनीको हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको धितो फुकुवाको स्वीकृति पत्र बुझएपछि मात्र खातामा बोनस जम्मा हुनेछ । शिखर इन्सुरेन्सको गत पुस ७ गते सम्पन्न साधारण सभाले गत वर्षको नाफाबाट २९५ प्रतिशत बोनस सेयर र कर तिर्न १.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

२०७५ जेठ १६ गते प्रकाशित

वि.सं.२०७५ जेठ १६ बुधवार २०:०२ मा प्रकाशित

You can share this post!

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...