back
NMB ad

कोलोराडो सप्ताहको आम्दानी खर्चको प्रतिवेदन तयार पार्न लेखापरिक्षण समिती गठन

Kumari bank ad

नातिबाबु भट्ट, कोलोराडो, अमेरीका । हालै सम्पन्न कोलोराडो सप्ताहको खर्च आम्दानीको बिस्तृत प्रतिवेदन तयारपार्न ३ सदस्सिय लेखापरिक्षण समिती गठन गरिएको छ । आर्थिक समितीका संयोजक डा.संगिता श्रोत्रीयाको आग्रहमा सप्ताह कार्यक्रमको संयोजक संस्था नेपाली घरको कार्यसमितीको बैठकले लेखापरिक्षण समिती गठन गरेको हो ।

यसरी गठन गरिएको समितीमा सोम आर्याल, प्रकास सिटौला र ग्लोवल भुटनिज कम्यूनिटी अफ कोलोराडोको प्रतिनिधी रहने नेपाली घरका अध्यक्ष लछुमन रानाले बताएका छन् । आर्थिक समितीले यस अगाडीनै सप्ताहको अवधिमा भएको खर्च तथा नगद आम्दानीको मोटा मोटी हरहिसाव सार्वजानिक गरिसकेको छ ।

जस अनुसार नगद रकम १ लाख २० हजार ९ सय ४ डलर १५ सेन्ट आम्दानी भएकोमा ४४ हजार १४ डलर ८ सेन्ट खर्च भई संस्थाको खातामा ७६ हजार ८ सय ९० डलर ७ सेन्ट रहेको कोषाध्यक्ष जगदिश ढकालले बताएका छन् । नेपालीहरुको आस्थाको केन्द्र नेपाली सामुदायिक भवन “नेपाली घर” निर्माण गर्न दाताहरुले दान गर्न प्रतिबद्धता गरेको रकम र खर्च, आम्दानीको बिस्तृत प्रतिवेदन तयार पार्न लेखा परिक्षण समिती गठन गरिएको कोषाध्यक्ष ढकालले प्रष्ट्याएका छन् ।

कोलोराडोमा कृयाशिल सामुदायिक संघ संस्थाहरुको आयोजनामा गत अप्रिल २८ देखि मे ५ तारिक सम्म आयोजित सप्ताहमा दाताहरुले नगद र दानगर्न प्रतिबद्धता जनाएको रकम गरि जम्मा ५ लाख ८१ हजार १ सय ७१ डलर ६० सेन्ट संकलन भएको सार्वजानिक भईसकेको छ ।

अब यसको बिस्तृत प्रतिवेदन तयार भएपछि सवै संघ संस्था, गन्यमान्य, अध्यक्ष मण्डल, दाता, बुद्धीजिवी, समाजसेवी, सर्वसाधारण तथा पत्रकारहरुको उपस्थितीमा टाउनहल मिटीङमा प्रतिवेदन सार्वजानिक गरिने आर्थिक समितीका संयोजक डा.संगिता श्रोत्रीयाले बताएकी छन् ।

२०७५ जेठ १८ गते प्रकाशित

वि.सं.२०७५ जेठ १८ शुक्रवार ०९:०५ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...