back
NMB ad

वार्षिकोत्सवमा अनाथालयलाई कम्प्यूटर

Kumari bank ad

इलाम । गुराँस लाइफ इन्स्युरेन्स, शाखा कार्यालय, इलामले बिहीबार इलाम नगरपालिका–९ मा रहेको राहसल बाल अनाथालयलाई एक थान कम्प्यूटर हस्तान्तरण गरेको छ । शाखाले कम्पनीको १०औँ वार्षिकोत्सवको अवसरमा कम्प्यूटर हस्तान्तरण गरेको हो ।

अनाथालयकै परिसरमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल, इलाम उद्योग वाणिज्य संघ, इलामका अध्यक्ष आनन्द कट्टेललगायतले कम्प्यूटर अनाथालयका संस्थापक अध्यक्ष राजेन्द्र चौहानलाई हस्तान्तरण गर्नुभयो ।

सोही कार्यक्रममा सन्दकपुर गाउँपालिका–४ का बिमित मृतक गणेशकुमार राईका परिवारलाई समेत मृत्यु दाबी रकम हस्तान्तरण गरिएको थियो । रु पाँच लाखको बीमा गरी रु ३८ हजार जम्मा गरेका राईका परिवारलाई कम्पनीले नगद रु १० लाखको चेक प्रदान गरेको थियो ।

कार्यक्रममा समन्वय समिति इलामका प्रमुख बराल, वाणिज्य संघका अध्यक्ष कट्टेल, नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेशका उपाध्यक्ष सोम सुसेली, अनाथालयका अध्यक्ष चौहान, कोषाध्यक्ष रतन चौधरी, नगरपालिका–५ का अध्यक्ष ठाकुर श्रेष्ठलगायतले प्रविधिको विकाससँगै बालबालिकाको क्षमता अभिवृद्धिमा सहयोग पु¥याउने हेतुले कम्प्यूटर प्रदान गरेकोमा कम्पनीलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

कम्पनीको इलाम शाखा प्रमुख अर्जुन पोख्रेलले आगामी दिनमा समेत यस्ता सहयोग गर्दै जाने बताउनुभयो । उहाँले गुराँस लाइफ इन्स्युरेन्सले ल्याएका नयाँ तथा पुराना बीमा पोलिसीका बारेमा समेत चर्चा गर्नुभयो । सोही कम्पनीकी एजेन्सी मेनेजेर रीता राईले आफ्नो जन्म दिनको अवसरमा राहसलमा रहेका बालबालिकाको शिक्षाका लागि नगद रु पाँच हजार प्रदान गर्नुभयो । अनाथालयमा १३ बालबालिका रहेका छन् ।

२०७५ जेठ १८ गते प्रकाशित

वि.सं.२०७५ जेठ १८ शुक्रवार १०:१८ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...