back
NMB ad

गृहमन्त्री थापाले भने, महँगी बजेटले बढेको होइन, अन्तर्राष्ट्रिय कारणले हो

Kumari bank ad

विराटनगर।गृहमन्त्री रामबहादुर थापा बादलले बजेटका कारणले महँगी नबढेको बताएका छन्। ‘अहिलेको महँगी कुनै आन्तरिक कारण वा अर्थमन्त्रीले पेश गर्नुभएको बजेटले गर्दा बढेको होइन’, गृहमन्त्री बादलले भने, ‘महँगी बढ्नुमा अन्तर्राष्ट्रिय कारण छ । पेट्रोलियम पदार्थ र विभिन्न वस्तुको मूल्यमा आइरहने उचारचढावका कारण महँगी बढेको हो ।’प्रदेश नम्बर १ स्तरीय प्रदेश सुरक्षा गोष्ठीको उद्घाटन गर्न शुक्रबार बिहान विराटनगर आएका मन्त्री थापाले अहिलेको मूल्यवृद्धि अन्तर्राष्ट्रिय अर्थतन्त्रमा आधारित भएको बताए ।

वाह्य कारणले भएको महँगी बढिरहेको हुँदा यसमा सरकार र विशेष गरी अर्थमन्त्रीलाई दोष दिनु आवश्यक नभएको उनको दाबी थियो ।मन्त्री रामबहादुरले काम नगर्ने वा ढिलो गर्ने ठेकेदारलाई कारबाही गर्न कानुनको अभाव नभएको दाबी गरे ।‘

मन्त्री थापाले भौतिक योजना मन्त्रालयका मातहतमा ठेकेदारलाई कारबाही गरिने र गृहले कारबाहीमा सहयोग गर्ने जानकारी दिए । उनले अब कसैले पनि कालोबजारी गर्न नसक्ने चेतावनी दिँदै कालोबजारी अन्त्य गर्न सरकारले अनुगमन गरिरहेको उल्लेख गरे । ‘सरकारले एक प्रकारको सिन्डिकेट प्रणालीको अन्त्य गर्यो, अब सबै खाले तस्करी र कालोबजारीको पनि अन्त्य गर्नेछ’।

‘सरकारले सुशासन, शान्तिसुरक्षा, विकास र समृद्धिलाई महत्त्व दिएको छ । यसमा सम्झौता हुन सक्तैन । मन्त्री थापाले सङ्घीय सरकारले प्रदेश र प्रदेश सरकारलाई बिस्तारै अधिकार सम्पन्न बनाउँदै जाने नीति लिएको स्पष्ट पारे ।

२०७५ जेठ १८ गते प्रकाशित

वि.सं.२०७५ जेठ १८ शुक्रवार १३:०३ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...