back
NMB ad

लघुवित्तको ४ करोड ८० लाख रुपियाँ बराबरको आइपीओ आउँदै

Kumari bank ad

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले १०० रुपैयाँ दरको ४ लाख ८० हजार कित्ता आइपीओ निष्कासन गर्ने भएको छ । ४ करोड ८० लाख रुपैयाँ बराबरको आइपीओ असार १० गतेदेखि बिक्री गर्ने कम्पनीले जनाएको छ ।

यसमध्ये ५ प्रतिशत अर्थात २४ हजार कित्ता कम्पनीका कर्मचारी र २४ हजार कित्ता सामूहिक लगानी कोषलाई दिइनेछ । त्यसपछि बाँकी ४ लाख ३२ हजार कित्ता सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो ।

आइपीओमा असार १३ गतेसम्म आवेदन दिन सकिनेछ । न्यूनतम २० कित्तादेखि अधिकतम २ हजार ४०० कित्तासम्म आवेदन दिन सकिनेछ कम्पनीले जनाएको छ ।

बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड, नक्साल काठमाडौं, तथा नाडेप लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय गजुरी १, धादिङबाट पनि आवेदन दिन सक्नेछन् । त्यसैगरी, आस्वा सदस्य सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । सी–आस्वाबाट घरमै बसेर पनि भर्न मिल्नेछ ।

चुक्ता पुँजी ११ करोड २० लाख रुपैयाँ भएको नाडेप लघुवित्तको आइपीओ बिक्रीपछि चुक्ता पुँजी १६ करोड रुपैयाँ पुग्नेछ । चालु आर्थिक बर्षको तेश्रो त्रैमाससम्ममा कम्पनीले ४ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

२०७५ असार १ गते प्रकाशित

वि.सं.२०७५ असार १ शुक्रवार ११:४५ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...