back
NMB ad

प्रधाममन्त्रीको चीन भ्रमणमा हुँदैछ यस्तो सहमती, पूर्व प्रधानमन्त्रीहरु र प्रधानमन्त्रीबीच सुझाव र जानकारी आदानप्रदान

Kumari bank ad

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमण सबै दृष्टिले उपलब्धीमूलक बनाउने तयारी भएको बताउनु भएको छ ।

चीन भ्रमणको तयारीका सम्बन्धमा आइतबार सिंहदरबारमा पूर्व प्रधानमन्त्रीहरुलाई अवगत गराउदैँ उहाँले भन्नुभयो, “तपार्इँहरु सबैको भावनालाई समेटेर म चीन जाँदैछु, मूख्यत राष्ट्रिय हितलाई ध्यानमा राखेको छु ।”

पूर्व प्रधानमन्त्रीहरुसँगको भेट अघि प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीसँग भ्रमण सम्बन्धमा छलफल गर्नुभएको थियो । परराष्ट्रमन्त्री ज्ञावलीसँगको भेटमा उहाँले भ्रमणपछि नेपाल–चीन सम्बन्ध नयाँ उचाईमा प्रवेश गर्ने र चीन–भारतबीच बढ्दो सम्झदारीले नेपालले थप अवसर प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्रीको आसन्न भ्रमणलाई चीनिया पक्षले दुई पक्षीय सम्बन्धमा सबैभन्दा महत्वपूर्ण पहलकदमीका रुपमा अंगिकार गरेको पनि उहाँको भनाई थियो । भ्रमणका अवसरमा नेपाल–चीन सीमा क्षेत्रमा थप पाँच नाका खोल्ने समझ्दारी हुनलागेको उहाँले जानकारी दिनुभयो ।

भ्रमणका अवसरमा समझ्दारी पत्रमा हस्ताक्षर र ‘लेटर अफ एक्सचेन्ज’ आदान–प्रदान हुने जानकारी दिँदै दुवै देशको राजनीतिक स्थिरताले विकास र समृद्धिको नयाँ मार्ग प्रशस्त हुने अपेक्षा गरिएको उहाँले बताउनु भयो ।

परराष्ट्र मन्त्री ज्ञावलीले भ्रमणले विगतका समझ्दारी र सम्झौताको कार्यान्वयनको बाटो खुल्ने विश्वास व्यक्त गर्नुभयो । “भ्रमणका क्रममा सहयोगका नयाँ क्षेत्र पनि पहिल्याइने छ । दुई देशबीच कनेक्टेभिटीका क्षेत्रमा महत्वपूर्ण साझ्दारी हुनेछ ।’ परराष्टक मन्त्री ज्ञवालीले भन्नुभयो । साथै केरुङ–काठमाडौ, काठमाडौँ–पोखरा रेल परियोजनाका सम्बन्धमा विस्तृत परियोजना प्रतिवेदन बनाएर अघि बढ्ने समझदारी हुने जानकारी गराउनुभयो ।

पुर्व प्रधानमन्त्रीहरुसँगको छलफलमा नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल–चीन–भारतबीच त्रिदेशीय सम्बन्ध अगाडि बढ्नु सकारात्मक भएको बताउनुभयो । त्यस्तै पूर्व प्रधानमन्त्री झलनाथ खनालले रेल परियोजनाप्रति सबैको आशा रहेको बताउनुभयो । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीलाई लिखित सुझाव प्रस्तुत गर्नुभएको थियो । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपाल–चीनको बहुआयामिक सम्बन्धलाई महत्वका साथ अघि बढाउन रणनीतिक साझेदारीको दिशामा अग्रसर हुनपर्ने धारणा राख्नु भयो । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले नेपालमा चीनिया लगानी भित्राउने बातावरण बन्नु पर्ने राय व्यक्त गर्नुभयो ।

तस्बिर – प्रधानमन्त्रीको सचिवालय

२०७५ असार ३ गते प्रकाशित

वि.सं.२०७५ असार ३ आइतवार १९:५३ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...