back
NMB ad

सबै मन्त्रालयको काम प्रधानमन्त्री कार्यलयले अनुगमन गर्छ : प्रधानमन्त्री

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले सरकारका सबै मन्त्रालयको कामको अनुगमन प्रधानमन्त्री कार्यलयले गर्ने बताउनु भएको छ ।
संघीय संसदको आजको बैठकमा प्रधानमन्त्री कार्यलय, योजना आयोग, राष्ट्रपति, उपराष्ट्रपति कार्यलयको बजेट बिनियोजनका बिषयमा उठेका प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो ।

भ्रष्टाचार निर्मूल गरी सुशासनको अनुभुती दिलाउन प्रधानमन्त्री कार्यलयले अुनगमन गर्न लागेको बताउनु भएको हो । विकास निर्माणका कामलाई प्रभावकारी बनाउनका लागि योजना आयोगको पुनरगठन गरिएको प्रधानमन्त्री ओलीले बताउनु भयो ।

प्रधानमन्त्री कार्यलयमा धेरै बजेट राखियो भनेर गुनासो गर्नुको कुनै अर्थ नभएको प्रधानमन्त्री ओलीले बताउनु भयो । “प्रधानमन्त्री कार्यलयमा भएको बजेट पुननिर्माण, प्राकृतिकप्रकोप उद्धार लगायतको समेतको रहेकोले धेरै देखिएको हो” प्रधानमन्त्री ओलीले भन्नुभयो ।
सरकार नयाँ ढंगले अघि बढेकोले मानिसहरुलाई सरकारको चालबुझ्न मुस्किल भएको प्रधानमन्त्री ओलीको भनाइ छ । “सधैं हिँडिरहेको बाटो अध्याँरोमा पनि हिँड्न सकिन्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “नयाँ बाटो हिँड्दा उज्यालोमा पनि डर लाग्छ । कतै घुमाउरो छ कि, लडिन्छ कि भनेर । अहिले सरकारका कामहरु पनि त्यस्तै हो । नयाँ ढंगले काम अघि बढाउँदा के हुन्छ ? कस्तो हुन्छ ? भनेर अलमल परेको हो ।”

लोकतन्त्र कसैले किस्तीमा उपहार दिएको नभइ आफूहरुले संघर्ष गरेर ल्याएको हुनाले यसमा कसैलाई शंका नगर्न प्रधानमन्त्री ओलीले आश्वस्त पार्नुभएको छ । अधिनयाकवाद आउँछ भनेर केही मान्छेहरुले नयाँ थेगोको विकास गरेको प्रधानमन्त्री ओलीले बताउनु भयो ।
भूकम्प पछिको पुननिर्माणलाई गतिदिन सरकार लागि परेको प्रधानमन्त्री ओलीको भनाइ छ । “पुननिर्माणका लागि नियुक्त गरिएको सिइओको ध्यान राजनीति र निर्वाचनमा रहेछ” प्रधानमन्त्री ओलीले भन्नुभयो “त्यसैले पुननिर्माणको काम अघि बढेन अब यसले गति पाँउछ ।”

प्रधानमन्त्री ओलीले केही बर्ष भित्र नेपालमा गरिबीको गीत गाउनु पर्ने दिनको अन्त्य हुने बताउनु भयो । “अब गरिबी होइन सुख र सृमद्धिका उपभोग गर्ने दिन आउँछन्” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

अस्पतालभित्र नारा जुलुस गर्ने, अत्यावश्यक ठाउँमा हड्ताल गर्ने जस्ता कार्य सरकारका लागि सैह्य नहुने बताउनु भयो । सरकारले वाक तथा प्रकाशन स्वतन्त्रतालाई लगाम नलगाउने प्रधानमन्त्री ओलीको भनाइ छ ।

२०७५ असार १५ गते प्रकाशित

वि.सं.२०७५ असार १५ शुक्रवार १६:३६ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...