back
NMB ad

करको दायरामा पर्यटकीयस्थल र होटल

Kumari bank ad

म्याग्दी । अन्नपूर्ण गाउँपालिकाले पर्यटकीयस्थल, होटल तथा रेष्टुरेन्टलाई कानून र करको दायरामा ल्याएको छ ।

संविधानले दिएको अधिकारको प्रयोग गरेर हालै भएको गाउँसभाबाट पर्यटकीयस्थल, होटल, लज र व्यवसायलाई दर्ता प्रक्रियासँगै करको दायरामा ल्याउने निर्णय पारित गरेको हो ।

घोडेपानी, पुनहिल, खोप्रा, भुरुङ तातोपानी, मोहरेडाँडा लगायतका पर्यटकीयस्थलको भ्रमणमा आउने पर्यटकबाट शुल्क उठाउने निर्णय भएको गाउँपालिकाका प्रवक्ता कृष्णप्रसाद बरुवालले बताउनुभयो ।

चालु आर्थिक वर्ष २०७४/७५ मा भुरुङ तातोपानी कुण्डबाट रु २५ लाख र पुनहिलबाट रु पाँच लाख ५० हजार कर संकलन गरेको थियो । आगामी आर्थिक वर्ष २०७५/७६ मा पुनहिलबाट रु २५ लाख र घोडेपानीबाट रु पन्ध्र लाख कर उठाउने लक्ष्य राखिएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो ।

उठेको कर सम्बन्धित ठाउँको विकासका लागि सत्तरी र तीस प्रतिशत गाउँपालिकाले अन्य क्षेत्रमा परिचालन गर्ने अध्यक्ष पुनले बताउनुभयो । अन्नपूर्ण चक्रीय पदमार्गको मुख्य पर्यटकीय गन्तव्य घोडेपानी पुनहिल क्षेत्रमा हालसम्म स्थानीय होटल व्यवस्थापन उपसमिति र युवा क्लबले कर उठाउँदै आएका छन् ।

स्थानीय सामाजिक संघसंस्था परिचालन गरेर कर संकलन गर्ने नीति गाउँपालिकाले लिएको छ । यसैगरी जलविद्युत् आयोजनाबाट समेत वार्षिक रु १५ हजार प्रतिमेगावाट कर उठाउने निर्णय भएको छ ।

दुई मेगावाट क्षमताको तातोपानी साना जलविद्युत् आयोजना सञ्चालनमा रहेको अन्नपूर्ण गाउँपालिकामा हाल पाँच मेगावाटको घलेम्दीखोला, ४२ मेगावाटको मिस्त्रीखोला, १४ मेगावाटको घारखोला, १०० मेगावाटको निलगिरि र नीलगिरि क्यास्केट निर्माणाधीन अवस्थामा छन् ।

क्रसर उद्योगलाई वार्षिक रु ५० हजारका दरले कर निर्धारण गरिएको छ । गाउँपालिका–५ पाउद्वार र वडा नं ६ घारको रातोपानी कुण्डबाट समेत वार्षिक रु पचास÷पचास हजार कर उठाउने भएको छ । तौल बढी भएका उपकरण सूचीकृत हुन वार्षिक रु बीस हजार कर तिर्नुपर्ने भएको छ ।

सहायक सडकमा सञ्चालन हुने बसलाई वार्षिक रु बाह्र हजार, जीपलाई रु दश हजार र ट्र्याक्टलाई रु पन्ध्र हजार कर निर्धारण गरिएको छ । होटललाई पाँच वर्गमा विभाजन गरेर वार्षिक करको दर निर्धारण गरिएको छ ।

९क० वर्गलाई रु २० हजार, ९ख०लाई रु १० हजार, ९ग०लाई रु पाँच हजार, ९घ०लाई रु दुई हजार र ९ङ०लाई रु एक हजार कर निर्धारण गरिएको छ । गाउँपालिकाका वडामार्फत व्यवसाय दर्ता अभियान सञ्चालन गरिएको वडा नं ६ का अध्यक्षसमेत रहनुभएका प्रवक्ता बरुवालले बताउनुभयो । रु २९ करोडको बजेट ल्याएको गाउँपालिकाले रु एक करोडभन्दा बढी आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको प्रमुख प्रशासकीय अधिकृत अच्युत दाहालले बताउनुभयो । रासस

 

२०७५ असार २८ गते प्रकाशित 

वि.सं.२०७५ असार २८ बिहीवार १३:३३ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...