back
NMB ad

फिफा वर्ष खेलाडीमा १० मनोनित

Kumari bank ad

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय ९फिफा० ले फिफा वर्ष खेलाडीका लागि १० जनाको मनोनयन सार्वजनिक गरेको छ ।

फिफाले मंगलबार राति सन् २०१७–१८ का लागि १० खेलाडीको मनोनयन सार्वजनिक गरेको हो । फिफाले सार्वजनिक गरेको १० खेलाडीमा पार्चुगलका क्रिष्टियानो रोनाल्डो, अर्जेन्टिनाका लिओनल मेसी, फ्रान्सका केलियन एमबाप्पे, एन्टोनी ग्रिजम्यान र राफायल भाराने टपटेन सूचीमा परेका छन् ।

यसैगरी बेल्जियमका इडेन हाजार्ड, केभिन डी बरुएन, इंग्ल्यान्डका ह्यारी केन, क्रोएसियाका लुका मोड्रिच र इजिप्टका मोहमद सलाह सूचीमा परेका छन् । १० जनामा संसारकै महँगो खेलाडी ब्राजिलका नेयमार जुनियर भने पर्न सकेका छैनन् ।

फिफाले राष्ट्रिय टिमका कप्तान र प्रशिक्षक तथा खेल पत्रकार र फुटबल समर्थकको मतको आधारमा वर्ष खेलाडी चयन गर्दै आएको छ ।

गत वर्षको जुलाई ३ ९२०१७० बाट यो वर्षको जुलाई १५ सम्म खेलाडीले क्लब र राष्ट्रको लागि खेल्दा गरेको प्रदर्शनको आधारमा २५ खेलाडी मनोनयन गरेको फिफाले जनाएको छ ।

यस्तै फिफा वर्ष महिला खेलाडीको मनोनयनमा ओलम्पिक लियोनेसकी लुसी ब्रोन्जे, वुल्फवर्गकी पिर्निले हार्डर, ओलम्पिक लियोनेसका अदा हेजेरबर्ग, ओलम्पिक लियोनेसकै अमानडीने हेन्री, अष्ट्रेलियाकी साम केर, जापानकी सकी कुमागई, जर्मनीकी डिज्निफर मारोजसान, ब्राजिलका मार्टा, अमेरिकाकी मेगान रापिनोए र ओलम्पिक लियोनेसकी वेडी रेनार्ड परेकी छिन् ।

फिफा वर्ष प्रशिक्षकमा विश्व बिजेता फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्प युभेन्ट्सका मासिमिलियानो एलेग्री, रुसका स्टेनस्लाभ चेर्चेसोभ, क्रोएसियाका लाट्को डालिस, म्यानचेस्टर सिटीका पेप ग्वार्डिवाला, लिभरपुलका जोर्गेन क्लोप, बेल्जियमका रोबर्टो मार्टिनेज, एथलेटिक मड्रिडका डिएगो सिमोन, इंग्ल्यान्डका ग्यारेथ साउथगेट, बार्सिलोनाका एर्नेष्टो भाल्भर्डे र रियल मड्रिडका जिनेदान जिदान मनोनयनमा परेको फिफाले जनाएको छ ।

फिफाले विश्वभरका राष्ट्रिय टिमका कप्तान र प्रशिक्षक तथा छानिएका खेल पत्रकार र फुटबल समर्थकको मतको आधारमा वर्ष खेलाडी चयन गर्ने गर्दछ । रासस

२०७५ साउन ९ मा प्रकाशित

वि.सं.२०७५ साउन ९ बुधवार ११:०९ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...