back
NMB ad

नयाँ ऐनले नीजि क्षेत्रसँग सहकार्य गर्न सहज

Kumari bank ad

चितवन, । भरतपुर महानगरपालिकाले स्थानीय राजपत्रमा प्रकाशन गरी अत्यावश्यक पाँच ऐन कार्यान्वयनमा ल्याउने भएको छ । नयाँ ऐनबाट नीजि क्षेत्रसँग सहकार्य गरेर काम गर्न, महानगरलाई कानून बनाउन, सहकारी र शिक्षा क्षेत्रलाई व्यवस्थित बनाउन सहज हुनेछ । महानगरपालिकाका कानून अधिकृत खगेश्वर अधिकारीले सार्वजनिक नीजि साझेदारीसम्बन्धी ऐन, २०७५ राजपत्रमा प्रकाशनको तयारीमा रहेको बताउनुभयो ।

महानगरपालिका न्यायायिक समिति कार्यविधिसम्बन्धी ऐन, २०७५ प्रकाशनको तयारीमा छ । यसमा न्यायायिक समितिलाई दिइएको अधिकार र प्रयोग गर्ने कार्यविधि उल्लेख छ । मुद्दा कसरी लिने, कति दिनको म्याद तामेल गर्ने, मिलापत्रको ढाँचालगायत कुरा सो ऐनमा समावेश छ । यस्तै प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन २०७५ मा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ बमोजिम निर्माण गरिएको छ । संविधानको अनुसूची ८ र ९ मा स्थानीय सरकारलाई प्राप्त अधिकारलाई व्यवस्था गर्न उक्त ऐन बनाउनुपर्ने हुन्छ ।

“महानगरलाई निर्देशिका, कार्यविधि, मापदण्ड, तथा ऐन नियम बनाउने अधिकार दिइएको छ,” अधिकारीले भन्नुभयो । महानगरले सहकारी ऐन र शिक्षा ऐन २०७५ समेत प्रमाणीकरण गरेर प्रकाशन गर्दैछ । महानगरभित्र रहेका सहकारी र शिक्षा क्षेत्रको नियमन गर्न उक्त ऐन आवश्यक छ । पाँचवटै ऐन परिषद्बाट पारित भई प्रकाशनको तयारीमा छ ।

“महानगर प्रमुख रेनु दाहालबाट प्रमाणीकरण गरी स्थानीय राजपत्रमा प्रकाशित गरिँदैछ,” अधिकारीले भन्नुभयो । महानगरले स्थानीय क्षेत्रका विज्ञसँग परामर्श गरी ती ऐन निर्माण गरेको हो । महानगरको कार्यपालिका बैठकले स्थानीय राजपत्र प्रकाशन गर्नुपर्ने कार्यविधि पारित गरिसकेको छ । महानगरले यसअघि आर्थिक, आयव्यय विवरण र राजश्व ऐन प्रमाणीकरण गरी साउन १ गतेदेखि कार्यान्वयनमा ल्याइसकेको छ ।

महानगर प्रमुख दाहालले यथाशक्य छिटो पारित भइसकेका पाँच ऐन प्रमाणीकरण गरी राजत्रपमा प्रकाशित गरिने बताउनुभयो । “अन्य ऐन नियम पनि आवश्यकताअनुसार बनाउँदै लगिनेछ,” उहाँले भन्नुभयो ।

२०७५ साउन २५ प्रकाशित ।

वि.सं.२०७५ साउन २५ शुक्रवार ११:३६ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...