back
NMB ad

बेलायती राजदूतद्वारा उपसभामुखसँग भेट

Kumari bank ad

काठमाडौं । नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसले बुधबार उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेसँग भेट गर्नुभएको छ ।
उपसभामुख कार्यालय सिंहदरवारमा भएको भेटमा नेपाल र बेलायतबीचको सम्बन्ध, नेपालको कानुन निर्माण र संसदीय अभ्यासका विषयमा छलफल भएको थियो ।

भेटमा राजदूत मोरिसले आगामी नोभेम्बरमा बेलायतमा हुने विश्वभरका महिला सांसदको सम्मेलनमा सहभागी हुन निम्तो दिनुभएको छ । बेलायतमा महिलालाई चुनावमा सहभागी हुने अधिकार प्राप्त भएको एक सय वर्ष पुगेको अवसरमा सम्मेलन हुन लागेको हो ।
उपसभामुख डा. तुम्बाहाङ्फेले सम्मेलनमा सहभागी हुन बेलायत सरकारका तर्फबाट भएको निमन्त्रणाप्रति धन्यवाद व्यक्त गर्दै दुई देशबीच संसदीय प्रक्रिया र अभ्यास आदानप्रदान हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले संस्कार धर्मबाहेक विश्वभरका महिलाहरुको समस्या साझा भएको भन्दै सम्मेलनमा त्यस विषयमा छलफल हुने अपेक्षा गर्नुभयो ।
राजदूत मोरिसले नेपालमा भएको कानुन निर्माण तथा संसदीय समिति गठनलगायतका विषयमा चासो व्यक्त गर्नुभएको थियो ।

२०७५ भदौ ७ गते प्रकाशित

वि.सं.२०७५ भदौ ७ बिहीवार १०:५८ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...