back
NMB ad

जोशी हाइड्रोपावरको १६ करोड ९० रुपैयाँ बराबरको आईपिओ निष्काश हुदै

Kumari bank ad

जोशी हाइड्रोपावर डेभेलपमेन्ट कम्पनीले सर्वसाधारणको लागि १६ करोड ९० लाख ४७ हजार रुपैयाँ बराबरको साधारण सेयर आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा १६ लाख ९० हजार ४७० कित्ता आईपिओ जारी गर्ने अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन गरेको छ ।

यस अघि कम्पनीले आयोजना प्रभावित इलामका स्थानीय बासिन्दाको तीन लाख ७१ हजार ४०० कित्ता शेयर निष्काशन गरेको थियो । जसमध्ये एक लाख २९ हजार ३९० कित्ता सेयर मात्र विक्री भएको थियो ।

कम्पनीले इक्रा नेपालबाट इक्रा रेटिङ्ग ’इक्रा एनपि र्आइपिओ ग्रेड ५’ पाएको छ । यस सूचकले कम्पनीको वित्तीय अवस्था सबैभन्दा कमजोर रहेको जनाउँछ । कमजोर रेटिङ्ग पाएको कारणले नै कम्पनीको सेयर किन्न इलामका स्थानीय अनिच्छुक देखिएका हुन् ।

कम्पनीले स्थानीयले नकिनेको शेयर समेत थप गरेर सर्वसाधारणमा शेयर जारी गर्ने भएको हो । यसअघि कम्पनीले जारी पूँजीको १० प्रतिशत स्थानीयलाई जारी पश्चात दोस्रो चरणमा सर्वसाधारणहरुलाई जारी पूँजीको ३९ प्रतिशत बराबरको १४ लाख ४८ हजार ४६० कित्ता सेयर निष्काशन गर्ने बताएको थियो । अब कम्पनीले सर्वसाधारणको लागि कुल १६ लाख ९० हजार ४७० कित्ता आईपिओ जारी गर्नेछ ।

जोशी हाइड्रोपावर कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।
जोशी हाइड्रोपावरले इलामको पुवाखोलामा तीन मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । पहिलो आयोजनाको रुपमा ३ मेगावाटको अपर पुवा १ आयोजना सञ्चालनमा रहेको कम्पनीले २०७१ माघ १ गतेबाट उक्त आयोजनाबाट व्यवसायिक रुपमा विद्युत उत्पादन गर्दै आएको छ ।

आईपिओ जारीसँगै कम्पनीमा संस्थापकको ५१ र ४९ प्रतिशत सर्वसाधारणको लगानी हुनेछ ।

२०७५ भदौ १० गते प्रकाशित

वि.सं.२०७५ भदौ १० आइतवार १४:४२ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...