back
NMB ad

प्रधानमन्त्रीको सम्बोधन : ‘विमस्टेकले दक्षिण एशियाले दक्षिण पूर्व एशियालाई जोड्छ’

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले विमस्टेकको उद्घाटन समारोहलाई सम्वोधन गर्दै आगन्तुक राष्ट्र प्रमूख तथा सरकार प्रमूखहरुलाई बुध्द र सगरमाथाको देशमा स्वागत गर्नुभएको छ ।
विश्वको कूल जनसंख्याको २२ प्रतिशत जनसंख्याको प्रतिनिधित्वगर्ने वंगालको खाडी क्षेत्रका राष्ट्रहरुका तर्फबाट हामी यहाँ यस क्षेत्रमा शान्तिपूर्ण, समृद्ध र दिगो विकास कायमगर्ने प्रतिबद्धताका साथ उपस्थित भएका छौं भन्दै उहाँले विमिस्टिकले दक्षिण एशियाले दक्षिण पूर्व एशियालाई जोड्ने बताउनुभयो ।
सम्भाव्यताले भरिपूर्ण यस क्षेत्रका राष्ट्रहरुमा समृद्ध प्राकृतिक सम्पदा, कृयाशील जनसंख्याबाट श्रृजना हुने अनगिन्ति अवसरहरु रहेको भन्दै प्रधानमन्त्री ओलीले हाम्रा पूर्खाबाट विवेक, ज्ञान पनि पाएको उल्लेख गर्नुभयो । यस क्षेत्रका जनतालाई गरीवीको साँग्लो र अभावको कुचक्रबाट मुक्त गर्नु पर्ने विचार राख्दै उहाँले भन्नु भयो, ‘‘हामीले विमिस्टेक कार्ययोजनालाई पूर्ण रुपमा कार्यान्वयन गर्नै पर्दछ । हामीले शहश्राब्दी विकास लक्ष्य अन्तर्गत हासिल गरेका प्रगतिमा लगातार अघि बढ्दै आर्थिक सामाजिक रुपान्तरणका लागि सन् २०३० सम्म पूरा गर्ने लक्ष्य राखिएको दीगो विकासको लक्ष्यसमेत हासिलगर्नै पर्दछ ।’’
आर्थिक विकासको इन्जिन व्यापार नै हो भन्दै उहाँले भन्नु भयो, ‘‘वस्तु र सेवाको व्यापार, लगानी, भन्सार सम्बन्धी मामिलामा आपसी सहयोग, व्यापार सुविधाका सन्दर्भमा विवादको निराकरण जस्ता विषयहरुमा सहमति आजको आवश्यकता हो, जसले विमिस्टेकलाई प्रभावकारी रुपमा अगाडि बढाउनेछ । स्वतन्त्र र स्वच्छ व्यापार प्रतिको हाम्रो प्रतिवद्धता अपरिहार्य छ ।
सरकारले समृध्द नेपाल, सुखी नेपालीको लक्ष्य अघि सारेको बताउँदै उहाँले हामीले सबैले समृद्ध क्षेत्र, सुखी जनताको अपेक्षा गरेका छौं भन्नु भयो । कनेक्टिभिटीलाई मजवूत क्षेत्रीय सहयोगको पूँजीबताउँदै कनेक्टिभिटी नै आर्थिक एकिकरणको जगभएको धारणा व्यक्तगर्नु भयो । प्रधानमन्त्री ओलीले यस क्षेत्रमा कनेक्टिभिटी र पर्यटनको प्रवद्र्धनगर्न बुध्दिस्ट सर्किटको अवधारणालाई मूर्तताप्रदान गर्नुपर्ने कुरामाजोड दिनु भयो ।
विमिस्टेकलाई यसका कामहरुका आधारमा मूल्यांकन गरिने बताउँदै उहाँले भन्नु भयो, ‘‘सहीनीति, संस्था र स्रोत–साधन अनि दृढ राजनीति इच्छा शक्तिले मात्रयसको सफलताको सुनिश्चिता कायमगर्न सक्नेछ ।’’

२०७५ भदौ १४ गते प्रकाशित

वि.सं.२०७५ भदौ १४ बिहीवार १७:०४ मा प्रकाशित

You can share this post!

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ   

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:०८

काठमाडौँ, १७ वैशाख : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर...

बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी   

बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी   

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:५७

चैनपुर (बझाङ) १७ वैशाखः बझाङ–१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा...

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:१२

काठमाडौँ । मन्त्री पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा...

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:३४

काठमाडौँ, १७ वैशाखः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल...

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:१०

काठमाडौँ, १७ वैशाखः आइतबारदेखि यहाँ जारी लगानी सम्मेलनको आज दोस्रो...

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:०४

बेइजिङ, १७ वैशाख : आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्याङ्क...