back
NMB ad

कर्मचारी, ब्रोकरको कार्यालयदेखि चिया पसलसम्म बैंक तथा वित्तीय संस्थाले बाँड्ने लाभांशकै चर्चा

Kumari bank ad

काठमाडौं । आजभोली बिभिन्न सरकारी, संस्थान, निजी क्षेत्रका ठूला कार्यालय, सेयर खरिद बिक्रीका लागि जम्मा हुने ठाउँ सेयर ब्रोकरको कार्यालयदेखि चिया पसलमा समेत बैंक तथा वित्तीय संस्थाले वाँडने लाभांशको चर्चा हुने गरेको छ । गत आर्थिक वर्षमा कमाएको पैसा लाभांशको रुपमा लगानीकर्ता (सेयरधनी)लाई वितरण गर्ने समय आएकाले लगानीकर्ताहरु माझ चर्चाले बढी ठाउँ पाएको हो । गत आर्थिक वर्षभरी कमाएको नाफाबाट उनीहरुले सेयरधनीलाई लाभांश वितरण गर्ने गर्छन् । बैंक तथा वित्तीय संस्थाहरु पनि लाभांश घोषणा गर्ने तयारीमा जुटेका छन् । केहीले लाभांश घोषणा गरिसकेका छन् धेरैले भने घोषणा गर्न बाँकी छ ।

वाणिज्य बैंकहरुले पनि लाभांश घोषणा गर्ने तयारीमा जुटेका छन् । यसअघि सबैभन्दा छिटो लाभाशं घोषणा गर्दै आएको सिटिजन्स बैंकले एक साता भित्रै लाभांश घोषणा गर्ने तयारीमा जुटेको बैंक स्रोतको भनाइ छ । गत वर्षको कमाइ र यसअघिको कोषमा भएको रकमबाट १५ देखि २० प्रतिशत लाभांश दिन सकिने बैंकको भनाइ छ । तर, त्यसमध्ये कति वोनस र कति नगद लाभांश दिने भन्ने सम्वन्धमा सञ्चालक समितिले निर्णय गरिसकेको छैन् । सम्भवत यही साता बस्ने बैठकले निर्णय गर्ने बैंक स्रोतको भनाइ छ ।

यसैगरी सानिमा बैंकले पनि सिटिजन्स बैंकको हाराहारीमा लाभांश दिने तयारी गरेको छ । तर, बोर्ड बैठक बसिनसकेकाले टुंगोमा पुगि नसकेको बैंकको भनाइ छ । निजी क्षेत्रबाट सबैभन्दा बढी नाफा कमाएको नबिल बैंकले पनि लाभांश घोषणा गर्ने तयारी गरेको छ । तर, उसले कति लाभांश दिने भन्ने बारेमा मुख खोलेको छैन् । गत वर्षहरुमा केही बैंकले दसै तिहार अघि नै साधारणसभा गर्ने र त्यस्तो साधारणसभाले पारित गरेको लाभांश वितरण गर्दै आएका थिए । अहिले पनि करिव एक दर्जन बैंक तथा वित्तीय संस्थले दसै र तिहार अघि नै लाभाश वितरण गर्ने तयारीमा छन् ।

अहिलेसम्म २८ वाणिज्य बैंकले सेयरधनीलाई यति वा उत्ती दिने भनेर लाभाशं घोषणा गरिनसकेपनि विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्त, बिमालगायतका कम्पनीले धमाधम घोषणा गरिसकेका छन् । शाइन रेसुड.गा डेभलपमेन्ट बैंकले १८ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि ०.९५ प्रतिशत दिने घोषणा गरेको छ ।

यसैगरी महालक्ष्मी विकास बैंकले १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । महालक्ष्मीले ८ प्रतिशत वोनस सेयर र ७ प्रतिशत नगद लाभांश दिने घोषणा सञ्चालक समितिले गरेको हो । यसैगरी हाम्रो विकास बैंकले पनि १०.३१ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । उसले पनि २.४० प्रतिशत वोनस सेयर र ७.९१ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । राष्ट्र बैंकले भने आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र साधारणसभा गर्नु पर्ने व्यवस्था गरेको छ । प्रायः सबैले त्यसअघि नै बैंक तथा वित्तीय संस्थाले साधारणसभा गर्ने गर्छन् ।

२०७५ भदौ १७ गते प्रकाशित

वि.सं.२०७५ भदौ १७ आइतवार १०:१७ मा प्रकाशित

You can share this post!

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ जेठ १ मंगलवार १०:५७

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ घटेको छ...

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, क-कसले दिने आवेदन ?

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, क-कसले दिने आवेदन ?

वि.सं.२०८१ जेठ १ मंगलवार १०:१७

काठमाडौ । कुमारी बैंकले संस्थापक संस्थापक सेयर बिक्रीमा ल्याएको छ...

कुमारी बैंकका ग्राहकलाई निको बाल अस्पतालमा विशेष छुट

कुमारी बैंकका ग्राहकलाई निको बाल अस्पतालमा विशेष छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १०:०७

काठमाडौं । कुमारी बैंक लिमिटेड र भरतपुर, चितवन स्थित निको...

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३७

काठमाडौँ : विश्व बैङ्कले नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयनको गति मध्यम...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३१

काठमाडौँ, १ वैशाखः हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै...

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:२५

काठमाडौँ, १ जेठ : सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को...