back
NMB ad

बैदेशिक रोजगारिको बाहानामा अन्दाजी ३ करोड नेपाली रुपैयाँ ठगि गर्ने दुई जना पक्राउ

Kumari bank ad

क्यानडा र फ्रान्स पठाइदिन्छु भनि पश्चिम अफ्रिकी मुलुक गिनि पुर्याई मानव वेचविखन तथा ओसारपसार गर्ने दुई जना पक्राउ परेका छन ।

क्यानाडा र फ्रान्समा राम्रो आयआर्जन हुन्छ र त्यहाँ पुगेपछि ५ बर्षको मल्टिपल भिषा समेत लगाईदिन्छु भन्ने जस्ता प्रलोभनमा पारि बिश्वास दिलाई, स्वदेश तथा बिदेशमा गरि प्रति व्यक्ति १५ देखि २५ लाख सम्म रकम लिएर झुटा आश्वसन समेत देखाइएको थियो ।
नेपाल भारतको विभिन्न नाकाहरु प्रयोग गरी भारतको नयाँ दिल्ली पुर्याई त्यहाँबाट ईथियोपिया हुदै पश्चिम अफ्रिकी देश गिनिको राजधानी कोनाक्री भन्ने स्थानमा पुर्याईएको थियो ।

करीब ६ महिना देखि १ बर्ष सम्म अपार्टमेन्टमा बन्धक बनाई शारिरीक, मानसिक तथा आर्थिक शोषण गरी पीडकहरु सम्पर्क विहिन भई पिडितहरुलाई अलपत्र पारिएको थियो। अलपत्र पार्नेमा दाङ, जिल्ला तुल्सीपुर नगरपालिका २ पञ्चकुले, स्थायी घर भई काठमाण्डौ बस्ने बर्ष २७ की प्रेरणा लक्ष्मी मल्ल , दाङ, जिल्ला तुल्सीपुर नगरपालिका ६, स्थायी घर भई काठमाण्डौ बस्ने बर्ष २९ को विराज यादव रहेका छन । यिनिहरु दुबै जना यस्ता खाले अपराधमा संल्गन हुदै अन्दाजी ३ करोड नेपाली रुपैयाँ ठग्दै आएको पाइएको छ ।

१४ जना पीडित तथा जाहेरवालाहरुबाट मिति २०७४ चैत ४ र १५ गते यव्युरोमा मानब बेचबिखन तथा ओसारपसार मुद्दामा जाहेरी प्राप्त भएपछि अनुसन्धानको शुरुवात गरिएको थियो ।
उक्त अनुसन्धान बाट विराज यादव र प्रेरणा लक्ष्मी मल्ललाई मिति २०७५\o५्\१३ गते जिल्ला कंचनपुरबाट पक्राउ गरी सम्मानित जिल्ला अदालत काठमाण्डौबाट अनुमती लिई “मानव बेचबिखन तथा ओसारपसार” मुद्दामा अनुसन्धान भईरहेको छ ।

२०७५ भदौ १८ गते प्रकाशित

वि.सं.२०७५ भदौ १८ सोमवार १२:१६ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...