back
NMB ad

पाइलट सहित ६ जना सवार अल्टिच्यूड एयरको हेलिकप्टर धादिङको रि गाउँमा दुर्घटनाग्रस्त

Kumari bank ad

काठमाडौ । गोरखाको सामागाउँबाट काठमाडौंका लागि उडेको अल्टिच्यूड एयरको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । छ जना यात्रु बोकेर काठमाडौंका लागि उडेको सो हेलिकप्टर धादिङको गंगाजमुना गाउँपालिकास्थित रि गाउँमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको एल्टिच्यूड एयरका सञ्चालक फुर्बा शेर्पाले जानकारी दिए ।

उनका अनुसार ए एल एच ओके कलसाइनको सो हेलिकप्टर क्याप्टेन निश्चल केसीले उडाएका थिए । यसैगरी एल्टिच्यूड एयरका प्रवन्ध निर्देशक निमा निरु शेर्पाले रेस्क्युका लागि टोली पठाइएको जानकारी दिँदै थप विवरण आउन बाँकी रहेको जानकारी दिए । हेलिकप्टरमा पाइलटसहित एक जापानी नागरिक र ५ नेपाली सवार रहेका थिए । इलाका प्रहरी कार्यालय सामागाउँ प्रहरी चौकीका अनुसार हेलिकप्टरमा

रामेछापका ४० वर्षीय दिल्ली बहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोर्खाको चुमनुब्री गाउँपालिका २ का ल्हो आनी डोल्पा डिकी, गोर्खाको सामागाउँ चुमनुब्री सम्दो १ का छोवाङ नुर्बु, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ, पाइलट निश्चल केसी र जापानी नागरिक हिरोमी कोमात्सु छन् । जापानी नागरिक कोमात्सुको पासपोर्ट नम्बर TK 713612068 हो ।

वि.सं.२०७५ भदौ २३ शनिवार ११:३४ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...