back
NMB ad

नेपालकै नमूना रिफ्रेस सेन्टर निर्माण

Kumari bank ad

नवलपरासी, । सार्वजनिक सवारीसाधनका चालक सहचालक र यात्रुलाई लक्षित गरी पूर्वी नवलपरासीको कावासोतीमा नेपालकै नमूना रिफ्रेस सेन्टर निर्माण गरिएको छ ।

नगरपालिकामा प्रहरी प्रधान कार्यालय तथा स्थानीयको सहयोग र जिल्ला प्रहरी कार्यालय नवलपुरको पहलमा सो रिफ्रेस सेन्टर निर्माण गरिएको हो । पौने दुई बिगाहा जग्गामा फैलिएको रिफ्रेस सेन्टरमा ८०,९० जना यात्रुलाई आराम गर्ने कक्षको समेत सुविधा रहेकोे जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका इञ्चार्ज लक्ष्मण शाहीले बताउनुभयो ।

रिफ्रेस सेन्टरमा चालक, सहचालक तथा यात्रुको लागि छुट्टाछुट्टै आराम गर्ने स्थान निर्माण गरीएको छ । साथै आराम गर्ने चालक र यात्रुका लागि ट्राफिक दुर्घटना न्यूनीकरणसम्बन्धी वृत्तचित्र तथा चालकको लागि ट्राफिक सचेतना प्रदान गरिनुका साथै जाँच गरिने इञ्चार्ज शाहीले बताउनुभयो ।

सो रिफ्रेस सेन्टरमा २५० किलोमिटरभन्दा बढी दूरी चल्ने सवारीसाधन रोकिने गर्दछ ।

भौतिक संरचना हटाइयो

कावासोती नगरपालिकाले राजमार्ग क्षेत्राधिकारभित्र निर्माण गरिएका भौतिक संरचना हटाएको छ । कावासोतीको फलफूल चोकदेखि थकाली चोकसम्मको राजमार्ग क्षेत्राधिकारभित्र बनाइएका घरटहरा, टिकट काउन्टर, ठेलागाडा, होर्डिङ बोर्ड र निर्माण सामग्री नगरपालिका आफैँले हटाएको हो ।

कावासोती नगरपालिकाको मुख्य बजार क्षेत्रलाई सफा र सुन्दर बनाउने उद्देश्यले नगरपालिकाले अतिक्रमित संरचना हटाएको हो । सडकको क्षेत्राधिकारभित्र निर्माण गरिएका भौतिक संरचनाका कारण दुर्घटना बढ्नुका साथै बजार कुरुप देखिएकाले नगरपालिकाले १५ दिने सूचना निकालेर हटाउन अनुरोध गरेको थियो तर नागरिकले अटेर गरेपछि नगरपालिकाले हटाएको कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन ज्ञवालीले जानकारी दिनुभयो ।

२०७५ असोज १ गते प्रकाशित

वि.सं.२०७५ असोज १ सोमवार १२:०६ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...