back
NMB ad

भक्तपुरका बालुवा खानी पुनः सञ्चालन हुने

Kumari bank ad

भक्तपुर । भक्तपुरका बालुवा तथा माटो खानी पुनः सञ्चालनमा आउने भएका छन् । खानी सञ्चालनमा अनियमितता भएको भन्दै उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार वर्षअघि खानीसम्बन्धी सबै फाइल नियन्त्रणमा लिएपछि बन्द भएका खानी पुनःसञ्चालनमा आउन लागेका हुन् ।

चाँगुनारायण नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै खानी सञ्चालकलाई आवश्यक कागजपत्र नगरपालिकामा बुझाउन आह्वान समेत गरिसकेको छ । भक्तपुरका बालुवा खानी तत्कालीन जिल्ला विकास समितिको प्रमुख आयस्रोतमध्येको एक थियो ।

खानी सञ्चालकले नै अनियमितताको उजुरी गरेपछि अख्तियारले खानीसम्बन्धी फाइल नियन्त्रणमा लिएको थियो । तर अख्तियारले सो सम्बन्धमा छानबिन नै नगरी अहिले ती फाइल जिल्ला समन्वय समितिलाई फिर्ता गरेपछि खानी खुल्ने वातावरण तयार भएको हो ।

जिल्लामा २६ माटो तथा बालुवा खानी रहेको बताइएको छ । तत्कालीन जिल्ला विकास समिति र खानी तथा भूगर्भ विभागमा दर्ता भएका ती खानी हाल चाँगुनारायण नगरपालिकाभित्र रहेका छन् ।

नगरपालिकाले दशैँ तिहारलगत्तै खानी सञ्चालनको तयारी गरेको चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिनुभयो । उहाँले त्यसका लागि खानी सञ्चालन कार्यविधिसमेत तयार गरिसकेको बताउनुभयो । उहाँले खानीमा लगाइने करसमेत नगरसभाले पारित गरिसकेको जानकारी दिनुभयो ।

खानी सञ्चालनको स्वीकृति दिनुअघि नगरपालिकाले खानी सञ्चालकले बुझाएको कागजपत्र र खानीको स्थलगत अध्ययन गरिने र ती स्थानमा स्रोतको समेत पहिचान गरी खानी सञ्चालनको स्वीकृति दिइने उहाँले बताउनुभयो । उहाँले खानी क्षेत्रको भौगोलिक अवस्था र जनस्वास्थ्यमा पार्न सक्ने प्रतिकूल असरका बारेमा समेत अध्ययन गरिने बताउनुभयो ।

२०७५ असोज २ गते प्रकाशित

वि.सं.२०७५ असोज २ मंगलवार ११:५३ मा प्रकाशित

You can share this post!

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...