back
NMB ad

‘प्रकाण्ड’पक्राउ र रिहाई प्रक्रियाले वार्तामा असहजता सिर्जना भयो – संयोजक पाण्डे

Kumari bank ad

काठमाडौं, । सरकारद्धारा गठित उच्चस्तरीय वार्ता समितीका संयोजक सोम प्रसाद पाण्डेले नेकपा विप्लवका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’को पक्राउ र रिहाईको प्रक्रियाले वार्तामा असहजता सिर्जना भएको बताएका छन् ।

शुक्रबार रिपोर्टर्स क्बल नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै संयोजक पाण्डेले राजनीतिक र गैर–राजनीतिक क्रियाकलापका आधारमा द्वन्द्वरत समूहहरुलाई वार्तामा बोलाएर शान्ति कायम गर्न सरकार लचिलो हुनुपर्ने बताए ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘समाचारमा आएका कुराहरुलाई मात्रै आधार मानेर हुँदैन, हामीले प्रकाण्डबारे अदालत र सरकार सँग कुराकानी गरेका थियौं, अदालतले दोषी नरहेको भन्दै रिहाई गर्न भन्ने र गृहले अदालतको परिसरबाटै पक्राउ गर्ने प्रक्रियाले अनेक प्रश्न खडा भएका हुन ।

उनले प्रकाण्डलाई बारम्बार पक्राउ गर्नुको भित्रिकारण उजुरी र जाहेरीको आधार रहेको सुनाए । उनले भने,‘त्यही उजुरी र जाहेरीका आधारमा प्रहरीले प्रकाण्डलाई पक्राउ गर्ने र अदालतले दोषी नभेटेपछि रिहाई गर्ने आदेश दिएको रहेछ, नेकपा विप्लव राजनीतिक मोर्चा हो, उसले उठाएका मागहरु राजनीतिक छन्, त्यसैले सरकार यस्ता मोर्चा र अन्य अराजनीतिक समुहको बारेमा जानकार छ ।’

वर्तमान सरकारको उद्देश्यभनेको नै कुनैपनि समुह रहितको मुलुक बनाउन चाहनु रहेको उनको भनाई छ । उनले थपे,‘सरकार मुलुकमा शान्ति, अमन चयन चाहन्छ, विकास र समृद्धिको परिकल्पनालाई साकार पार्न चाहन्छ, सबै किसिमका असन्तुष्टिहरु मेटेर मुलुकलाई शान्ति, स्थायित्व कायम राख्ने दिनका रुपमाअसोज ३ गतेलाई संविधान दिवस मनाई सकेका छौैं ।’
संविधान गतिशिल दस्तावेज भएका कारण आफ्ना मागहरु राख्न पाउने र मुलकको हितमा रहेर त्यसलाई संशोधन गर्न पाउने अधिकार रहेको बताउँदै उनले भने,‘भदौ ८ गते गठन गरिएको वार्ता टोलीले गृहमन्त्रालयमा कार्यालय खडा गरेर काम थालनी गरेको थियो ,भदौ २५ गते नै सम्पूर्ण असन्तुष्ट पक्ष र समुहलाई वार्तामा आउन खुल्ला आह्वा नगरेको थियो, त्यसयता १२ वटा समुहहरु वार्तामा आएका छन्, सातवटा समुहलाई वार्तामा आउन हामीले नै आग्रह गरेका छौं ।’

अदालतले रिहाई गर्न आदेश दिएका नेकपाका प्रवक्ता प्रकाण्डलाई अदालतकै परिसरबाटै पक्राउ गर्ने र मधेशलाई नेपालनै होईन भनेर आम आमसभा गर्ने सिके राउतलाई सरकारले केही नगर्ने भएपछि कसरी शान्तिकायम हुन्छ नि? भनेर पत्रकारले सोधेको प्रश्नको जवाफमा उनले भने,‘जाहेरी र पक्राउ पुर्जीको आधारमा प्रकाण्डलाई पक्राउ गरिएको भन्ने कुुरा हामीले जानकारी पाएका छौं, अर्को कुरा हाम्रो वार्ता टोलीलाई भएजतिको अधिकार छ त्योभन्दा बाहिर गएर गर्न मिल्ने काम भनेको देशलाई सामाजिक, जातीय र धार्मिक विखण्डनजस्ता कार्यहरु कसैले गर्छ भने त्यस्ता समुहकाबारेमा सरकारले तत्काल सोच्नुपर्छ भनेर भन्न सक्छौं, सरकारले पनि सोचिरहेको होला ।’

राजनीतिक आस्था र जनताको हितमा गठित समुहहरुको बारेमा सरकार गम्भिर हुनुपर्नेमाजोड दिँदै पाण्डेले आफ्नामागहरु ल्याएर वार्तामा आउन सम्पूर्ण द्वन्द्वरत समुहलाई आग्रहसमेत गरे ।

२०७५ असोज ५ गते प्रकाशित

वि.सं.२०७५ असोज ५ शुक्रवार १३:५७ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...