back
NMB ad

अपहरण मुद्दा काण्ड का फरार प्रतिबादी पक्राउ

Kumari bank ad

काठमाण्डौं ,। शिव बहादुर खड्काको जाहेरीले वादी नेपाल सरकार प्रतिबादी राजु तथा भरत भन्ने माईला लामा समेत भएको अपहरण मुद्दाका फरार प्रतिबादी पक्राउ परेको छ । ब्यूरोको टोलिले २०७५ असोज ४ गते बेलुकी ६ ः ३० को समयमा लुकिछिपी बसेको अवस्थामा माकलबारी, काठमाण्डौंबाट पक्राउ गरेको हो ।

सम्मानित पुनरावेदन अदालत पाटनको २०७० बैशाख ३१ गतेको फैसलाले साविक जिल्ला सिन्धुपाल्चोक, ठुलो धादिङ गा.वि.स वडा नं ४ बस्ने बर्ष ३४ को राजु तथा भरत भन्ने माईला लामालाई पक्राउ गरेको हो ।

१० बर्ष कैद र रु ५०,०००।– जरिवाना हुने ठहर भएको र सिन्धुपाल्चोक कारागारमा सजाय भुक्तान गरीरहेको अवस्थामा २०७२ बैशाख १२ गतेको महाभुकम्प गएको समयमा कारागार बाट भागी हिडी हाल सम्म फरार थिए ।

कैद भुक्तानको लागि २०७५ असोज ५ गते केन्द्रिय कारागार कार्यालय जगन्नाथदेवल सुन्धारा काठमाण्डौंमा पठाईएको छ ।
जाहरेवाला शिवबहादुर खड्कालाई २०६७ बैशाख १६ गते ,जोरपाटी गा।वि।स माकलबारी स्थित सुवर्ण खड्काको घरमा प्रतिवादीहरु राजु तथा भरत भन्ने माईला लामा समेतका व्यक्तिहरुले जग्गा बेचेर आएको कमिसन बापतको रकम नदिएको रिसमा अपहरण गरि बन्धक बनाई राखिएकोमा २०६७ जेष्ठ सात गते प्रहरीले अपहरण मुक्त गरेको थियो।

२०७५ असोज ५ गते प्रकाशित

वि.सं.२०७५ असोज ५ शुक्रवार १५:५५ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...